रसुवा– रसुवामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य तथा युवा रेड फोर्सका जिल्ला संयोजक योसाङ घले पक्राउ परेका छन्।
आमाछोदिङमो गाउँपालिका ४ गोल्जुङका ३० वर्षीय घलेले जिल्लामा रहेका जलबिद्युत आयोजनामा चन्दा संकलनका लागि धम्की दिने गरेको गुनासोका आधारमा घलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले बताए ।
देशभर विप्लव समूहले अवाञ्छित गतिविधि गर्न सक्ने भएकाले आवश्यकता अनुसार नियन्त्रणमा लिन गृह मन्त्रालय दिएको निर्देशन अनुसार घलेलाई पक्राउ गरिएको र विप्लव समूहमा आबद्ध अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घले विरुद्ध परेको गुनासोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घलेलाई पक्राउ गरे लगत्तै नेकपाले विज्ञप्ति निकालेर यसको विरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।