काठमाडौं- प्लान इन्टरनेसनले नेपालले आगामी ५ वर्षमा १० लाख किशोरीलाई शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सघाउने प्रतिबद्धता जनाएको छ।
बालबालिका, उनीहरूका परिवार र समुदायका लागि विभिन्न कार्यक्रम गर्न थालेको ४० वर्ष पुगेको अवसरमा प्लानले यस्तो योजना सार्वजनिक गरेको हो। चार दशकको अवधिमा संस्थाले सरकारी र गैरसरकारी साझेदारसँगको समन्वयमा नेपालका ५० जिल्लामा विभिन्न कार्यक्रम कार्यान्वयन सञ्चालन गरिरहेको छ।
प्लानले नेपालले बालबालिकाको शिक्षा, स्वास्थ्य, परिवारको जीविकोपार्जन, खानेपानी, सरसफाइ, किशोरी र महिलाहरूको सशक्तिकरण तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको हो।
‘नेपालका बालबालिका र समुदायसँगको हाम्रो यात्राले चार दशक पार गरेको छ र यो यात्रा साँचो अर्थमा प्रेरणादायी र उदाहरणीय छ’, प्लानका नेपाल राष्ट्रिय निर्देशक स्भेन कोपेन्स्ले भने।
प्लान इन्टरनेसनल नेपालले ५ वर्षे नयाँ राष्ट्रिय रणनीति अनुसार नेपालमा बालबालिकाले भोग्नुपरेका समस्या न्यूनीकरणका लागि सबै परियोजनालाई केन्द्रित गरिनेछ र आगामी ५ वर्षमा १० लाख किशोरीमाझ पुगेर उनीहरूको जीवनमा परिवर्तन ल्याउने लक्ष्य राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।