काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय परिषदको बैठक वीरगन्जमा गर्ने भएको छ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले केन्द्रीय परिषद् बैठक जेठ ७ देखि ९ गतेसम्म वीरगन्जमा गर्ने निर्णय गरेको हो।
त्यसअघि वीरगन्जमै जेठ ६ गते केन्द्रीय समितिको बैठक बस्ने भएको छ। सो बैठकले परिषदमा प्रस्तुत गरिने कार्ययोजना, कार्यपत्र, विधान संशोधनको सुझाव लगायतका विषयहरुमा छलफल गर्ने राप्रपा प्रवक्ता भुवन पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।