फाइल तस्बिर
काठमाडौं– पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा ६८ हजार ६ सय ६८ जना कोरोना संक्रमणपछि निको भएका छन्। यो कुल संक्रमितको ७२ दशमलव ९ प्रतिशत हो। नेपालमा हालसम्म ९४ हजार २५३ जनामा संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार ११ हजार १३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ११ लाख १३ हजार ४ सय ८५ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ४ हजार १ सय ६४ जना क्वारेन्टाइनमा छन्। नेपालमा २५ हजार ७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
कुन प्रदेशबाट कति जना संक्रमणमुक्त भए?
प्रदेश १ – ६१३०
प्रदेश २– १४८५१
बाग्मती प्रदेशमा –२३१०६
गण्डकी प्रदेशमा –३९२५
प्रदेश ५मा –१००३२
कर्णाली प्रदेशमा –३३१७
सुदूरपश्चिम प्रदेशमा ७२९७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।