कोरोना संक्रमणमुक्त भएपछि घर फर्कने क्रममा। फाइल तस्बिर
काठमाडौं- पछिल्लो २४ घण्टामा थप २३४० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा ६७ हजार ५४२ जना संक्रमित उपचारपछि निको भएका छन्।
पछिल्लो २४ घण्टामा देशभर १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
हाल २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित छन्। ९ हजार ११८ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। आज ११ हजार ४७ जनाको परीक्षण भएको छ।
हाल ४ हजार २२१ जना क्वारेन्टाइनमा छन्। हालसम्म ७४.३ प्रतिशत संक्रमित निको भएका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १७ जना संक्रमित भेटिएका छन्। काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।