काठमाडौं- प्रदेश ५ को सोमबारको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले आफ्नो छेउमा उभिएका मर्यादापालकलाई विरोध गरिरहेका सांसदहरुलाई घिसारेर बाहिर निकाल्न निर्देशन दिएका छन्।
स्थायी राजधानी र नामको प्रस्तावमाथि उठेको प्रश्नको जवाफ दिने क्रममा रोस्टममा पुगेका केसीले यस्तो निर्देशन दिएका हुन्।
पूर्वमाओवादीको जनमुक्ति सेनाका कमिसार समेत रहेका केसीले नेताभन्दा धेरै सैन्यशैलीमा मर्यादापालकलाई निर्देशन दिएका हुन्।
केसीले रोस्टमा उभिएर प्रश्नको जवाफ दिन लागेका थिए। विरोधीले औंला उठाएर विरोध गरी नै रहे। उनले बोलेको भन्दा विरोधको स्वर सुनिएपछि केसी रिसाएका थिए। त्यसपछि आफ्नो छेउमा उभिएका मर्यादापालकलाई हेलो हेलो भन्दै औंलाले बोलाए। विरोधीतिर संकेत गर्दै केसीले तिनीहरुलाई घिसारेर बाहिर निकाल्न निर्देशन दिए।
केसीले बोलेका शब्द प्रदेश सभा बैठकको प्रत्यक्ष प्रशारणका क्रममा पनि स्पष्ट सुनिएको थियो।
काग्रेसका सांसदहरुलाई मर्यादापालकले चारैतिर घेरेर राखेका थिए। केसीले बोल्ने क्रममा काग्रेस सांसदले झन चर्को स्वरमा विरोध गर्न थालेपछि उनी झन् चर्किएर बोलेका थिए। तर, काग्रेसले बैठकको समय भर नाराबाजी गरेरै विताएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।