काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २४४० जना कोरोना संक्रमण पुष्टि भएकाे छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या ८९ हजार २६३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
देशभर २३ हजार ५०७ जना सक्रिय संक्रमित छन्। ११ हजार १९१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा १२ हजार ३१६ जना छन्। आज १३ हजार ७८१ जनाको परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा ११३३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म ६५ हजार २०२ जना निको भएका छन्। हाल ४ हजार ३३ जना क्वारेन्टाइनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।