• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

टेस्ला दर्ता : विषयवस्तु नै टुंगिने गरी सर्वोच्चकाे अल्पकालीन आदेश

64x64
नेपाल लाइभ सोमबार, असोज १९, २०७७  १४:२०
1140x725

काठमाडौं– टेस्लाका दुई कारको दर्ता खारेज गर्ने यातायात कार्यालयको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। टेस्लाका गाडी सुरक्षित राख्न सर्वोच्चले दिएको आदेशविपरीत दर्ता गराएको भन्दै भन्सार कार्यालयको पत्र र ‘रोड वर्दिनेस टेस्ट’ नगरी दर्ता गरेको भन्दै यातायात व्यवस्था विभागको पत्रका आधारमा यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी एकान्तकुनाले दुई कारको दर्ता खारेज गरेको थियो। 

टेस्लाको आयातकर्ता श्रीमाँ डिस्ट्रिब्युसन नेपाल प्रालिले असोज ९ गते सर्वोच्चमा दिएको निवेदनमाथि न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले दर्ता खारेजको निर्णय कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो। यातायात व्यवस्था कार्यालयले साउन १८ मा टेस्लाको कार दर्ता खारेजको निर्णय गरेको थियो।

न्यायाधीश राउतको एकल इजलासले असोज १३ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ। सर्वोच्च अदालतका १७ जना न्यायाधीश आइसोलेसनमा गएकाले उक्त छलफलको पेशी तोकिने बारे भने अन्योलता बढेको छ। 

यसरी विषयवस्तु नै समाप्त हुने गरि त्यो पनि असाध्यै सानो कुरामा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिनु निकै घातक भएको एक कानुन व्यवसायीले बताए। ‘सर्वोच्चले जसको नाममा अल्पकालीन अन्तरिम आदेश दियो त्यही कम्पनीको अर्को मद्दा सर्वोच्चमै छ,’ ती कानुन व्यवसायीले भने, ‘पहिलो मुद्दाको किनारा नलाग्दै सोही कम्पनीलाई सहज हुने गरि सामान्य विषयमा पनि अल्पकालीन अन्तरिम आदेश जारी हुनुले राम्रो संकेत गर्दैन।’ 

‘टेस्लाको आयातकर्ता श्रीमाले गाडी आयात गर्नु नै गलत काम भएको समाचारहरु आएको छ र भन्सार कार्यालयले सोही कुरा भन्दै आएको छ। सर्वोच्चले यो विषयको टुंगो नलाग्दै गाडी सुरक्षित राख्न दिएको आफ्नै आदेश लत्याउने श्रीमाकै पक्षमा अल्पकालीन अन्तरिम आदेशले संशय पैदा गरेको छ,’ ती कानुन व्यवसायीले भने। 

आयातकर्ता श्रीमाले उक्त गाडी असार १८ मा कम्पनीकै नाममा दर्ता गराएको यातायात व्यवस्था कार्यालय साना÷ठूला सवारी एकान्तकुना, बागमती प्रदेशको ढड्डामा उल्लेख छ। कार्यालयको रेकर्ड अनुसार टेस्लाका दुई गाडी बागमती प्रदेश–०१–०२३ च–५६५६ र बागमती प्रदेश–०१–०२३ च–५६८८ नम्बरमा दर्ता भएको थियो।

यो पनि पढ्नुहोस्

अवैध टेस्ला वैध बनाउने बाटोमा श्रीमा डिस्ट्रिब्युसनआइतबार, असोज १८, २०७७

भन्सार कार्यालयको पत्र र रोड वर्दिनेस टेस्ट नै नगराई दर्ता गराएको भन्दै यातायात व्यवस्था कार्यालय एकान्तकुनाले साउन १८ गते दुवै गाडीको दर्ता खारेज गरेको थियो। तर सर्वोच्चले यातायात व्यवस्था कार्यालयले गरेको दर्ता खारेजको निर्णयसँगै भन्सार कार्यालयको पत्रसमेत कार्यान्वयन नगर्न नगराउन दिएको आदेशले गलत कामले प्रश्रय पाउने देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

श्रीमा डिस्ट्रिव्युसनले हङकङमा नेपालीकै नाममा रहेको साउथ चाइना एक्जिम लिमिटेडबाट लिएको आधिकारिक बिक्रेताको प्रमाणपत्रलाई टेस्लाले दिएको भन्दै र वाणिज्य विभागबाट लिएको एजेन्सी दर्ताको प्रमाणपत्र पेश गर्दै आधिकारिक कागज त्यति नै भएको जिकिर गर्दै आएको छ। अमेरिकी विद्युतीय कार बिक्रेता टेस्ला इन्कले कुनै पनि कम्पनीलाई आधिकारिक बिक्रेता तोक्ने गरेको छैन। टेस्लाले जति पनि कार बिक्री गरेको छ, त्यो आफ्नै सहायक कम्पनीमार्फत् हो। 

लामो समयदेखि कारको व्यापार गरिरहेका व्यवसायीहरू सर्वोच्चले यस्ता मुद्दालाई गम्भीरताका साथ नलिने हो भने भविष्यमा सेकेन्डह्यान्ड कार नेपाल भित्रिने, विदेशी मुद्रा अपचलन हुनेलगायत जोखिम बढ्ने बताउँछन्। ‘सर्वोच्चले सरकारमार्फत् टेस्ला अमेरिकालाई आधिकारिकताको विषयमा इमेल लेख्ने हो भने पनि यस विषय प्रष्ट हुनेछ,’ एक व्यवसायीले भने, ‘त्यसो नगर्ने हो भने उत्पादक कम्पनीबाट आधिकारिकता चाहिने कानुन नै परिवर्तन गर्नु उचित हुन्छ। यी दुई विषयलाई चासो नदिएर श्रीमाहरुले गरेको कार्यलाई सर्वोच्चले वैधानिकता दिँदा भोलिका दिनमा नेपालमा सेकेन्ड ह्यान्ड गाडी आउन सक्छ।’ 

२०७६ माघमा आयात भएर भन्सार कार्यालय वीरगञ्ज आइपुगेका टेस्लाका दुई कार आयातकर्ता श्रीमा डिस्ट्रिब्युसनले आधिकारिक बिक्रेतालगायतका कागजात बुझाउन सकेको थिएन। भन्सार जाँचपास भएर छुटेका गाडी पुनः कागजात परीक्षणका लागि भन्दै भन्सारले नियन्त्रणमा लिएर कार्यालयमै लगेको थियो। 

आर्थिक ऐन २०७७ आएपछि गाडी छुटाउन माग गर्दै श्रीमाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकोमा सर्वोच्चले जेठ २६ गते अन्तरिम आदेश जारी गरेको थियो। गाडीमा प्रयोग भएको ब्याट्री बिग्रिएको जिकिर गरेका कारण सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलागेसम्म गाडी सुरक्षित राख्ने गरि गाडी आयातकर्तालाई जिम्मा लगाउने आदेश दिएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सर्वोच्चको आदेशको अवज्ञा गर्दै श्रीमाले दुवै कार गुडाइरहेको थियो। आयातकर्ताले आफूसँग भएको गाडी अनलक गर्ने पासवर्ड बिर्सिएको बहानामा दिएको थिएन। मुद्दाको किनारा नलागेको र अदालतको आदेश अनुसार वीरगञ्ज भन्सार कार्यालयले यातायात व्यवस्था विभागलाई टेस्लाका दुई गाडी दर्ता नगर्न असार १६ मा पत्र पठाएको थियो।

तर आफूले गरेका सबै गैरकानुनी कामलाई विभिन्न बहानामा छोप्न श्रीमाले सर्वोच्चको सहारा लिएको देखिन्छ। यसमा अदालतले विषयवस्तुको गाम्भीर्यता नै नबुझी अल्पकालीन अन्तरिम आदेश दिँदा खराब प्रवृत्ति मौलाउने मौका हुनसक्नेतर्फ न्यायालय सचेत हुन जरुरी रहेको सरोकारवाला बताउँछन्। 

प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानमा ग्राहकले ४.३ लाख रुपैयाँ डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्ने कम्पनीले ज... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्