• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २७, २०८२ Thu, Nov 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

टेस्ला दर्ता : विषयवस्तु नै टुंगिने गरी सर्वोच्चकाे अल्पकालीन आदेश

64x64
नेपाल लाइभ सोमबार, असोज १९, २०७७  १४:२०
1140x725

काठमाडौं– टेस्लाका दुई कारको दर्ता खारेज गर्ने यातायात कार्यालयको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। टेस्लाका गाडी सुरक्षित राख्न सर्वोच्चले दिएको आदेशविपरीत दर्ता गराएको भन्दै भन्सार कार्यालयको पत्र र ‘रोड वर्दिनेस टेस्ट’ नगरी दर्ता गरेको भन्दै यातायात व्यवस्था विभागको पत्रका आधारमा यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी एकान्तकुनाले दुई कारको दर्ता खारेज गरेको थियो। 

टेस्लाको आयातकर्ता श्रीमाँ डिस्ट्रिब्युसन नेपाल प्रालिले असोज ९ गते सर्वोच्चमा दिएको निवेदनमाथि न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले दर्ता खारेजको निर्णय कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो। यातायात व्यवस्था कार्यालयले साउन १८ मा टेस्लाको कार दर्ता खारेजको निर्णय गरेको थियो।

न्यायाधीश राउतको एकल इजलासले असोज १३ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ। सर्वोच्च अदालतका १७ जना न्यायाधीश आइसोलेसनमा गएकाले उक्त छलफलको पेशी तोकिने बारे भने अन्योलता बढेको छ। 

यसरी विषयवस्तु नै समाप्त हुने गरि त्यो पनि असाध्यै सानो कुरामा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिनु निकै घातक भएको एक कानुन व्यवसायीले बताए। ‘सर्वोच्चले जसको नाममा अल्पकालीन अन्तरिम आदेश दियो त्यही कम्पनीको अर्को मद्दा सर्वोच्चमै छ,’ ती कानुन व्यवसायीले भने, ‘पहिलो मुद्दाको किनारा नलाग्दै सोही कम्पनीलाई सहज हुने गरि सामान्य विषयमा पनि अल्पकालीन अन्तरिम आदेश जारी हुनुले राम्रो संकेत गर्दैन।’ 

‘टेस्लाको आयातकर्ता श्रीमाले गाडी आयात गर्नु नै गलत काम भएको समाचारहरु आएको छ र भन्सार कार्यालयले सोही कुरा भन्दै आएको छ। सर्वोच्चले यो विषयको टुंगो नलाग्दै गाडी सुरक्षित राख्न दिएको आफ्नै आदेश लत्याउने श्रीमाकै पक्षमा अल्पकालीन अन्तरिम आदेशले संशय पैदा गरेको छ,’ ती कानुन व्यवसायीले भने। 

आयातकर्ता श्रीमाले उक्त गाडी असार १८ मा कम्पनीकै नाममा दर्ता गराएको यातायात व्यवस्था कार्यालय साना÷ठूला सवारी एकान्तकुना, बागमती प्रदेशको ढड्डामा उल्लेख छ। कार्यालयको रेकर्ड अनुसार टेस्लाका दुई गाडी बागमती प्रदेश–०१–०२३ च–५६५६ र बागमती प्रदेश–०१–०२३ च–५६८८ नम्बरमा दर्ता भएको थियो।

यो पनि पढ्नुहोस्

अवैध टेस्ला वैध बनाउने बाटोमा श्रीमा डिस्ट्रिब्युसनआइतबार, असोज १८, २०७७

भन्सार कार्यालयको पत्र र रोड वर्दिनेस टेस्ट नै नगराई दर्ता गराएको भन्दै यातायात व्यवस्था कार्यालय एकान्तकुनाले साउन १८ गते दुवै गाडीको दर्ता खारेज गरेको थियो। तर सर्वोच्चले यातायात व्यवस्था कार्यालयले गरेको दर्ता खारेजको निर्णयसँगै भन्सार कार्यालयको पत्रसमेत कार्यान्वयन नगर्न नगराउन दिएको आदेशले गलत कामले प्रश्रय पाउने देखिन्छ। 

Ncell 2
Ncell 2

श्रीमा डिस्ट्रिव्युसनले हङकङमा नेपालीकै नाममा रहेको साउथ चाइना एक्जिम लिमिटेडबाट लिएको आधिकारिक बिक्रेताको प्रमाणपत्रलाई टेस्लाले दिएको भन्दै र वाणिज्य विभागबाट लिएको एजेन्सी दर्ताको प्रमाणपत्र पेश गर्दै आधिकारिक कागज त्यति नै भएको जिकिर गर्दै आएको छ। अमेरिकी विद्युतीय कार बिक्रेता टेस्ला इन्कले कुनै पनि कम्पनीलाई आधिकारिक बिक्रेता तोक्ने गरेको छैन। टेस्लाले जति पनि कार बिक्री गरेको छ, त्यो आफ्नै सहायक कम्पनीमार्फत् हो। 

लामो समयदेखि कारको व्यापार गरिरहेका व्यवसायीहरू सर्वोच्चले यस्ता मुद्दालाई गम्भीरताका साथ नलिने हो भने भविष्यमा सेकेन्डह्यान्ड कार नेपाल भित्रिने, विदेशी मुद्रा अपचलन हुनेलगायत जोखिम बढ्ने बताउँछन्। ‘सर्वोच्चले सरकारमार्फत् टेस्ला अमेरिकालाई आधिकारिकताको विषयमा इमेल लेख्ने हो भने पनि यस विषय प्रष्ट हुनेछ,’ एक व्यवसायीले भने, ‘त्यसो नगर्ने हो भने उत्पादक कम्पनीबाट आधिकारिकता चाहिने कानुन नै परिवर्तन गर्नु उचित हुन्छ। यी दुई विषयलाई चासो नदिएर श्रीमाहरुले गरेको कार्यलाई सर्वोच्चले वैधानिकता दिँदा भोलिका दिनमा नेपालमा सेकेन्ड ह्यान्ड गाडी आउन सक्छ।’ 

२०७६ माघमा आयात भएर भन्सार कार्यालय वीरगञ्ज आइपुगेका टेस्लाका दुई कार आयातकर्ता श्रीमा डिस्ट्रिब्युसनले आधिकारिक बिक्रेतालगायतका कागजात बुझाउन सकेको थिएन। भन्सार जाँचपास भएर छुटेका गाडी पुनः कागजात परीक्षणका लागि भन्दै भन्सारले नियन्त्रणमा लिएर कार्यालयमै लगेको थियो। 

आर्थिक ऐन २०७७ आएपछि गाडी छुटाउन माग गर्दै श्रीमाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकोमा सर्वोच्चले जेठ २६ गते अन्तरिम आदेश जारी गरेको थियो। गाडीमा प्रयोग भएको ब्याट्री बिग्रिएको जिकिर गरेका कारण सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलागेसम्म गाडी सुरक्षित राख्ने गरि गाडी आयातकर्तालाई जिम्मा लगाउने आदेश दिएको थियो। 

सर्वोच्चको आदेशको अवज्ञा गर्दै श्रीमाले दुवै कार गुडाइरहेको थियो। आयातकर्ताले आफूसँग भएको गाडी अनलक गर्ने पासवर्ड बिर्सिएको बहानामा दिएको थिएन। मुद्दाको किनारा नलागेको र अदालतको आदेश अनुसार वीरगञ्ज भन्सार कार्यालयले यातायात व्यवस्था विभागलाई टेस्लाका दुई गाडी दर्ता नगर्न असार १६ मा पत्र पठाएको थियो।

तर आफूले गरेका सबै गैरकानुनी कामलाई विभिन्न बहानामा छोप्न श्रीमाले सर्वोच्चको सहारा लिएको देखिन्छ। यसमा अदालतले विषयवस्तुको गाम्भीर्यता नै नबुझी अल्पकालीन अन्तरिम आदेश दिँदा खराब प्रवृत्ति मौलाउने मौका हुनसक्नेतर्फ न्यायालय सचेत हुन जरुरी रहेको सरोकारवाला बताउँछन्। 

प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
डिम्ब तस्करीमा होप फर्टिलिटी मुद्दा नचलाउने निर्णय, महान्याधिवक्ता भण्डारीको लगानी र छोरी कार्यरत रहेको खुलासा
२ महिनामा शान्ति सुरक्षा सामान्य अवस्थामा ल्याउन सफल भयौँ : गृहमन्त्री अर्याल
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक बिहीबार, कात्तिक २७, २०८२
डिम्ब तस्करीमा होप फर्टिलिटी मुद्दा नचलाउने निर्णय, महान्याधिवक्ता भण्डारीको लगानी र छोरी कार्यरत रहेको खुलासा बिहीबार, कात्तिक २७, २०८२
२ महिनामा शान्ति सुरक्षा सामान्य अवस्थामा ल्याउन सफल भयौँ : गृहमन्त्री अर्याल बिहीबार, कात्तिक २७, २०८२
श्रीलङ्काद्वारा अवैध शिकार गरेको आरोपमा ३२८ जना भारतीय माझी पक्राउ बिहीबार, कात्तिक २७, २०८२
निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेकपामा मिसियो भीम रावलको जागरण अभियान, ७ बुँदे सहमति पत्रमा हस्ताक्षर बुधबार, कात्तिक २६, २०८२
इजरायली राष्ट्रपतिलाई ट्रम्पको आग्रह : प्रधानमन्त्री नेतान्याहूलाई माफी दिनुस् बुधबार, कात्तिक २६, २०८२
निर्वाचन आयोगले वामदेव गौतम नेतृत्वको पार्टी खारेज गर्‍यो बुधबार, कात्तिक २६, २०८२
ललितपुरमा स्कुटरलाई ठक्कर दिएर ११ लाखको सिक्री लुटपाट बुधबार, कात्तिक २६, २०८२
दुर्गा प्रसाईं समूहका २७ बुँदे माग : प्रदेश खारेज गरेर ५ विकास क्षेत्रदेखि ऋण मिनाहासम्म बुधबार, कात्तिक २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ पार्टी दर्ताका लागि आयोगमा निवेदन मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्