काठमाडौं–प्रदेश ५ को प्रदेश सभा बैठक भर्खरै सुरु भएको छ। गत शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी भालुवाङ बनाउने प्रस्ताव गरेका थिए। त्यहीँ प्रस्तावलाई सभामुख पूर्ण घर्तीले निर्णयार्थ प्रदेश सभामा टेबुल गर्ने भएका छन्।
सोमबारको प्रदेश सभा बैठकमा सबै दलका प्रतिनिधिले आ–आफ्नो धारणा राख्ने भएका छन्। सबैले धारणा राखेपछि संसदमा पेश भएको प्रस्तावमा दाबी विरोधका लागि १८ घण्टाका लागि समय तोकिएको छ।
यदि कसैको दाबी विरोध नभएपछि आज स्थायी राजधानी दाङको देउखुरीमा रहेको भालुवाङमा हुने छ। यदि त्यसो हुन नसके मंगलबार मतदानद्वारा टुंगो लाग्ने भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।