काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सांसदलाई दाङ राजधानी बनाउने पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।
सोमबार बिहान निर्धारित समय भन्दा ढिलो गरि सुरु भएको संसदीय दलको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले दाङका पक्षमा मतदान गर्न निर्देशन दिएका हुन्। बुटबल वरपरका सांसदहरुले पार्टीको निर्णयमा आपत्ति जनाएपछि पोखरेलले बुटवललाई आर्थिक र पर्यटकीय राजधानी बनाउने वचन दिएका छन्।
नेकपाका १४ सांसदले बुटवलको पक्षमा रहने बताउँदै आएका थिए। मुख्यमन्त्री पोखरेलले दाङ प्रशासनिक राजधानीमात्रै हुने बताएका हुन्। संसदमा प्रस्तावित राजधानी र नामका विषयमा प्रदेश सभा बैठकमा आज केहीबेरपछि छलफल सुरु हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।