फाइल फोटो: प्रदेश सभा, प्रदेश ५
काठमाडौं– प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने पक्षमा मतदान गर्न नेकपाले ह्विप लगाएको छ। प्रदेश ५ नेकपा संसदीय दलको बैठकले पार्टीको निर्णयका पक्षमा मतदान गर्न सांसदहरुलाई ह्विप लगाउने निर्णय गरेको हो।
प्रदेशमा कुल ८७ सांसद मध्ये नेकपाका ६१ सांसद छन्। प्रदेश सभा बैठक दिउँसो १ बजे बस्दैछ। बैठकमा राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्तावमाथि छलफल सुरु हुँदैछ।
अब प्रदेश ५ को नाम लुम्बिनी स्थायी राजधानी दाङ देउखुरीको भालुवाङमा हुने पक्कापक्की जस्तै भएको छ। १ बजे बस्ने प्रदेश सभा बैठकमा सभामुख पूर्ण घर्तीले प्रदेशकाे नाम र राजधानीकाे प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।