काठमाडौं–चिकित्सा क्षेत्र सुधारका लागि अनशनरत डा गोविन्द केसीको पक्षमा नेपाली कांग्रेसले शिक्षण अस्पतालमा सांकेतिक धर्ना दिएको छ।
प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा २२ मिनेट धर्ना दिइएको हो। धर्नामा २२ जना सम्मिलित रहेकाे प्रचार विभागका सचिव दिनेश थापाले जानकारी दिए। केसी अनशनकाे आज २२ औं दिन हाे।
प्रचार विभागका सदस्य नीर शाह पनि धर्नामा सहभागी भएका थिए। धर्नामा प्रचार विभागका सदस्यहरु सहभागी थिए।
केसी जुम्लामै अनशरनरत हुँदादेखि कांग्रेसले सरकारलाई माग सम्वोधन गर्न माग गरिरहेको प्रवक्ता शर्माले बताए। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रधानमन्त्रीकालमा गरिएको सम्झौता वर्तमान सरकारले उल्टाउँदा केसी फेरि अनशन बस्नु परेको शर्माले बताए। केसीको जीवन रक्षा र माग पुरा गर्न शर्माले सरकारसँग पुन आग्रह गरे।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।