गाईघाट– भालुको आक्रमणमा परी सोलुखुम्बुमा १ जना घाइते भएका छन्।
दुधकुण्ड नगरपालिका–७ गार्माका ४० वर्षीय रामकाजी बस्नेत भालुको आक्रमणमा परेका हुन्। घर नजिकै रहेको खेतमा गहुँ काट्न जाँदा जंगलबाट निस्केको भालुले बस्नेतलाई आक्रमण गरेको हो।
उनको टाउको, छाती र हातमा चोट लागेको र जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।