काठमाडौं–प्रदेश ५ को स्थायी राजधानी र नामबारे छलफल गर्न बोलाइएको नेकपा ससंदीय दलको बैठक अझै सुरु हुन सकेको छैन। बिहान ७ बजेका लागि बोलाइएको बैठक अझै बस्न नसकेको हो। बैठकले सांसदहरुलाई विपक्षमा भोट नगर्नका लागि लागि ह्विप लगाउने तयारी गरेको छ।
सरकारले पेश गरेको प्रदेशको राजधानी र नामका विषयमा सांसदहरुको धारणा लिनका लागि बैठक बोलाइएको हो। बैठकमा नाम र राजधानीका विषयमा सरकारले पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप लगाउन सक्न एक सांसदले बताए।
केही सांसदहरुले राजधानी दाङ सार्ने निर्णयको खुलेर विरोध गरिरहेका छन्। आफ्नै सांसदहरु विपक्षमा हुदा समस्या हुने भएपछि संसदीय दलले कडाइ गर्न लागेको छ। आइतबार मुख्यमन्त्री शंकर पोखरेलमाथि आक्रमणसमेत भएको थियो।
नेकपाको केन्द्रबाट भएको निर्णय र आफ्नै साखका लागि पनि उक्त प्रस्तावलाई पारित गर्ने तयारीमा सत्तापक्ष छ। उक्त प्रदेशमा नेकपाको मात्रै पनि दुई तिहाइ छ। तर सबै सांसदले मतदानमा भाग नलिएमा समस्या पर्ने देखेपछि संसदीय दलको बैठक राखेर मतदान अघि छलफल गर्न लागिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।