काठमाडौं–प्रदेश ५ को राजधानीका विषयमा सहमति जुटाउन आज पनि सर्वदलीय बैठक बसेको छ। सबै दलका संसदीय दलका नेता र सचेतक बसेर छलफल गरिरहेको प्रदेश सभा सदस्य भूमिश्वर ढकालले जानकारी दिए।
प्रदेश ५ को राजधानी दाङको भालुवाङ क्षेत्रलाई तोकिएको विषय विरोध भएपछि विवाद समाधान गर्न सर्वदलीय बैठक बोलाइएको हो। हिजो बसेको बैठक विनानिष्कर्ष टुंगिएको थियो। सत्तापक्ष नेकपाले केन्द्रीय नेतृत्वसँग छलफल गर्नका लागि समय माग गरेपछि विना निष्कर्ष बैठक टुंगिएको थियो।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्त्तापक्षले एकतर्फी रुपमा प्रदेशको राजधानी तोकेको भन्दै विरोध जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।