काठमाडौं- काठमाडौं उपत्यकामा एकै दिन १ हजार ५ सयभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा भेटिएका २ हजार २ सय ५३ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ५ सय ९९ संक्रमित भेटिएका हुन्।
काठमाडौंमा १३७३ जना, भक्तपुरमा ३९ जना र ललितपुर १८७ जना गरी १ हजार ५ सय ९९ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर २२५३ जना कोरोना संक्रमण पुष्टि भएकाे छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या ८६ हजार ८२३ पुगेको छ।
देशभर २२ हजार ११९ जना सक्रिय संक्रमित छन्। १० हजार ३२६ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा ११ हजार ८९३ जना छन्। आज १२ हजार ७८४ जनाको परीक्षण भएको छ। योसँगै हालसम्म १० लाख ७४ हजार ४४८ जनाको परीक्षण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।