काठमाडौं–नेपाली केन्द्रीय कार्यालय असोज २२ सम्मको लागि सिल गरिएको छ।
बिहीबार संकलन गरिएको स्वाबमा केन्द्रीय नेतासहित, सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको हो। असोज २२ अघि केन्द्रीय केन्द्रीय कार्यालयमा प्रवेश पूर्ण रुपमा रोकिएको छ।
शनिबार तीन समूहका शीर्ष नेताको बैठक केन्द्रीय कार्यालयमा भएको थियो। विवाद अन्त्यका लागि बसेको बैठकमा समाधान नभएपछि आइतबार बस्ने गरि बैठक स्थगित गरिएको थियो।
सोमबारदेखि सुरु हुने केन्द्रीय समिति बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको छ। अर्को बैठकको मिति तय गर्न सभापति शेरबहादुर देउवा निवासमा बैठक हुन सक्ने बताइएको छ। केन्द्रीय समितिको बैठक दसैंअघि बस्ने सम्भावना नरहेको एक केन्द्रीय सदस्यले बताए। उनले भने,‘पहिला स्वास्थ्य प्रमुख हो। बैठक प्राथमिकता होइन।’
शनिबार कोरोना संक्रमण पुष्टि भएका नेताहरुसँग भेटघाट भएका अन्य नेतासमेत आइसोलेसनमा रहनुपर्ने भएको छ। परीक्षणको नतिजा आउनु अघिल्लो दिन शुक्रबार नेता कृष्णप्रसाद सिटौलाले गगन थापालाई भेटेका थिए। नेता सिटौला आइसोलेसनमा रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।