काठमाडौं- नेकपा सचिवालय बैठकमा राजदूत नियुक्तिको विषयलाई लिएर छलफल हुने भएको छ। शनिबार बेलुका ४ बजे बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले पार्टीमा सल्लाह नै नगरी राजदूत नियूक्त गरेको विषयमा छलफल हुने एक सचिवालय सदस्यले बताए।
राजनीतिक नियुक्तिका विषयमा सचिवालय बैठकमा छलफल गरेर मात्रै गर्ने सिफारिस गर्ने निर्णय भएपनि प्रधानमन्त्री ओलीले पार्टीमा कुनै छलफल नगरी एक्लौटी ढंगले नियुक्त गरेपछि नेकपामा ओलीइतरका नेताहरूले विरोध गरेका थिए।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डा.युवराज खतिवडालाई नेपालका लागि अमेरिकी राजदूत र लोकदर्शन रेग्मीलाई नेपालका लागि बेलायती राजदूत नियुक्त गरेको थियो।
सचिवालय बैठकमा मन्त्रिपरिषद पुर्नगठन र पार्टी एकताका बाँकी कामका विषयमा समेत छलफल हुन सक्ने ती सचिवालय सदस्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।