फाइल तस्बिर
काठमाडौं- संसदीय समितिले फरक क्षमताका महिलाहरूको संरक्षण हुनेगरी कोभिड-१९ प्रतिकार्यका कार्यसम्पादन गर्न सरकारलाई निर्देशन दिएको छ।कोभिडले अपाङ्गता भएका महिलाहरुको रोजगारी र आयआर्जनमा देखिएको समस्याले दैनिक जीवनयापनमा भएको असहजताको सम्बोधन गर्न समितिले निर्देशन दिएको हो।
संसदको महिला तथा सामाजिक समितिले फरक रुपले सबल महिलाको जीवनयापन सहज हुने गरी नीति बनाउन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिइएको सभापति निरुदेवी पालले बताइन्।
तीन वटै तहले प्रभावकारी समन्वय गरी त्यस्ता महिलाहरुको बृहत्तर हित प्रवर्द्धन र संरक्षण हुने गरी कोभिड प्रतिकार्यका काम सम्पादन गर्न समितिले निर्देशन दिएको हो।
२०६८ को जनगणना अनुसार १.९४ प्रतिशत अपङ्गता भएका व्यक्ति रहेकोमा कोभिडका कारण त्यो समूहभित्र पर्ने महिलाहरु बढी प्रभावित भएको समितिको ठहर छ।
कोभिडले महिलाहरुको दैनिक जीवनयापनमा अवरोध देखा परेकाले अत्यावश्यक सेवा र जनस्वास्थ्य सेवाको नियमित उपलब्धताको सुनिश्चित हुनेगरी नीति बनाउन पनि समितिले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।