काठमाडौं- देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। बिहीबार २१ हजार ८ सय ३० जना संक्रिय संक्रमितमध्ये ११ हजार ६९ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ६ हजार ६ सय ४७ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा १ हजार ६ सय, प्रदेश २ मा ५ सय ८३, प्रदेश ५ मा १ हजार २ सय ८१, सुदूरपश्चिम प्रदेशमा १६१, गण्डकी प्रदेशमा ५३२ र कर्णाली प्रदेशमा २६५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।