काठमाडौं- बजारबाट म्याद गुज्रिएका चकलेट, जुसलगायत सामान उठाई नयाँ स्टिकर लगाउने कलंकीस्थित आयान डिस्ट्रिब्युटरमा शिलबन्दी गरिएको छ। महानगरिय प्रहरी अपराध महाशाखा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा म्याद गुज्रिएको स्निकर चकलेट, टेंगो जुसलगायत वस्तुहरु भेटिएका छन्।
वाणिज्य विभागका सहप्रवक्ता ध्रुव घिमिरेका अनुसार ठूलो मेसिन राखेर बजारबाट म्याद गुज्रिएका चकलेटहरु उठाउने र त्यसलाई केमिकल लगाएर सफा गरी नयाँ प्रिन्ट र स्टिकर लगाएर बजार पठाउने गरेको देखिएको छ। ‘म्याद सकिएका बिभिन्न वस्तु घर भरी भेटिएका छन्। हामीले कुन वस्नु कति परिमाणमा भेटिएको भनेर थप अध्ययनका लागि घर नै शिलबन्दी गरेका छौं’ घिमिरेले भने।
उनका अनुसार आयान डिस्ट्रिब्युटर नामको कम्पनीको एउटा अफिस र दुईवटा गोदाममा शिलबन्दी गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लामो समयको अनुसन्धानपछि उक्त घर पत्ता लगाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।