काठमाडौं- पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा ९४३ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ८१७, भक्तपुरमा ५८ र ललितपुर ६९ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
काठमाडौंमा २० हजार ३९३, ललितपुरमा २ हजार ५२५ र भक्तपुरमा २ हजार १८५ संक्रमित पुगेका छन्। योसँगै काठमाडौं उपत्यकामा कोराना संक्रमितको संख्या २५ हजार १ सय ३ पुगेको छ।
पछिल्लो २४ घण्टामा १ हजार ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७९ हजार ७९२८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर २१ हजार ८३० जना सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार हाल ५ हजार ७७ जना क्वारेन्टाइनमा छन्।
आजसम्म १० लाख ३३ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा थप ९६१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा ५७ हजार ३८९ जना संक्रमित उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।