• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो
विद्युतीय कारको कर घटाउन व्यवसायीका दुई योजना- सके प्लान 'ए'‚ नसके 'बी'
64x64
शिव बोहरा बिहीबार, असोज १५, २०७७  १४:५९
1140x725

काठमाडौं- सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत् निजी प्रयोजनाका विद्युतीय कारमा लाग्दै आएको भन्सार बढाउँदै अन्तःशुक समेत लगायो। विद्युतीय कार आयातकर्ता र केही वातावरणका वकालतकर्ताहरुले त्यसको विरोध गरे। व्यवसायीहरुले परिवर्तिक कर पश्चिात हालसम्म विद्युतीय सवारीको जाँचपास गराएका छैनन्। 

अर्थमन्त्रीबाट डा युवराज खतिवडाको बहिर्गमनसँगै निजी विद्युतीय कारको कर घटाउन व्यवसायीले तीव्र लबिङ थालेका छन्। विद्युतीय गाडी आयात गरेर बेच्दै आएका व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् कर घटाउन दबाब बढाएका हुन्। 

प्रधानमन्त्रीले खतिवडालाई आर्थिक सल्लाहाकारमा नियुक्त गरेपछि व्यवसायी केही ससंकित बनेका थिए। तर बिहीबार सरकारले खतिवडालाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय गरेसँगै व्यवसायीहरु उत्साहित देखिएका छन्। 

व्यवसायीहरूले व्यक्तिगत र सामूहिक रूपमा दबाब दिन थालेका छन्। यसका लागि उनीहरूले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमार्फत् पनि प्रधानमन्त्रीसमक्ष लबिङ गराएका हुन्। पहुँच भएका व्यवसायीले सिधै र नभएकाहरुले महासंघमार्फत प्रधानमन्त्री ओली समक्ष लविङ गरिरहेका छन्। तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले निजी प्रयोजनमा प्रयोग हुने विद्युतीय सवारी साधनको भन्सार र अन्त:शुल्क बढाइदिएका थिए। 

निजी विद्युतीय कारमा ८० प्रतिशत भन्सार (५० प्रतिशत छुट) र त्यसअघि नलाग्ने अन्तःशुल्क ब्याट्री क्षमताको आधारमा ३० देखि ८० प्रतिशतसम्म लगाइयो। चालू आव पहिले निजी प्रयोजनका विद्युतीय कारमा १० प्रतिशत भन्सार लाग्थ्यो भने अन्तःशुल्कको परिकल्पना थिएन। 

बढाइएको विद्युतीय कारको कर घटाउन व्यवसायीहरुले दुईवटा योजना बनाएका छन्। पहिलो बढाइएको सबै कर फिर्ता गराउने र त्यसो हुन नसके दोस्रोमा एलसी खोलिएका कार पुरानै दरमा भित्र्याउने। यसलाई व्यवसायीले प्लान ए र प्लान बीको रूपमा आन्तरिक तयारी गरेका छन्। विद्युतीय सवारी साधन आयातकर्ताले सुरुदेखि नै यसको विरोध गरेका थिए। 

तर खतिवडाले विद्युतीय सवारी साधनका नाममा बिलासी र महँगा सवारी साधन आयात भएको भन्दै मुलुकले त्यसलाई धान्न नसक्ने भएकाले कर बढाउनुपरेको बताउँदै आएका थिए। तर खतिवडा राजदूत भएसँगै व्यवसायीहरु आफ्नो एजेण्डा पास हुने भन्दै हौसिएका छन्। 

विशेषगरी हुन्डाई, किया र एमजीका विद्युतीय कार नेपाली बजारमा पछिल्लो समय धेरै बिक्री हुँदै आएको छ। यी तीनवटै कम्पनी प्रत्येकको करिब १ सयवटा कारको एलसी (लेटर अफ क्रेडिट) खोलिसकेका छन्। त्यसैले उनीहरुले सकेसम्म २०७६ को आर्थिक ऐनकै अवस्थामा करको दर कायम गराउने नसके एलसी खोलिएका कार पुरानो दरमा भन्सार जाँचपास गराउने योजना रहेको एक व्यवसायीले बताए। 

Ncell 2
Ncell 2

विद्युतीय कार आयात गर्दै बेचिरहेका अर्का एक व्यवसायी भने नयाँ अर्थमन्त्रीको नियुक्ति हुने बेलासम्म पर्खिरहेको बताउँछन्। नयाँ अर्थमन्त्रीमार्फत् लबिङ गर्न सजिलो हुने र आफ्ना एजेण्डाअनुसार काम गराउन सहज हुने उनको बुझाइ छ। चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत् विद्युतीय गाडीमा कर बढाइएसँगै व्यवसायीले नयाँ गाडी भन्सार जाँचपास गराएका छैनन्। 

पहिले नै एलसी खोलिका गाडी अहिले भन्सारमा अड्किएर बसेका छन्। वीरगञ्ज भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार हुन्डाई, एमजी र कियाका केही विद्युतीय कार अहिले पनि भन्सारमा अड्किएका छन्। अन्य केही विद्युतीय कार पनि आधिकारिक आयातकर्ताको प्रमाण पेश गर्न नसक्दा भन्सारमै रोखिएका छन्। 

व्यवसायीको प्लान ए तत्काल सफल हुने सम्भावना न्यून रहेको अर्थमन्त्रालय स्रोतको भनाइ छ। आर्थिक वर्ष सुरु भएको तीन महिना नपुग्दै आर्थिक ऐन संशोधन गर्दा नीतिगत अस्थिरता देखिने बुझाइ अर्थको छ। प्लान बी सफल हुनेमा समेत शंका देखिन्छ। 

आर्थिक ऐन कार्यान्वनमा आएपनि सोही ऐनअनुसार भन्सारको दर लाग्दै आएको छ। ऐन आउनुपूर्वका विद्युतीय कारको एलसीलाई पुरानै आर्थिक ऐनअनुसार भन्सार जाँचपास गराउँदा अरु धेरै एलसीको विषयमा के हुने भन्ने प्रश्न आउनेछ। 

व्यवसायीको प्लान ए ठूलै राजनीतिक लबिङमा सफल भएपनि प्लान बी भने सफल नहुने अर्थको भनाइ छ। विद्युतीय कार आयातकर्ता व्यवसायीहरुको आफूले एलसी खोलेका कारको तथ्यांक संकलन गरेर अर्थमन्त्रालयमा प्रस्ताव पठाइसकेका छन्। यसबारेमा अर्थले भने अनविज्ञता प्रकट गरेको छ।

यो पनि पढ्नुहोस्

युवराज खतिवडाको बहिर्गमनसँगै विद्युतीय गाडीको कर घटाउन व्यवसायीको लबिङबुधबार, असोज १४, २०७७

यो पनि पढ्नुहोस्

निजी विद्युतीय सवारीमा लगाइएको करबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश जारीबिहीबार, साउन १५, २०७७

प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७  १४:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
बाबुरामले अघि सारे माओवादी आन्दोलन पुनर्गठनको रूपरेखा (बुँदासहित) शुक्रबार, असार २७, २०८२
मधेश टुक्रयाउने अभिव्यक्ति दिएका  प्रदेश अध्यक्षविरुद्धका सबै मुद्दा फिर्ता लिन जसपाको माग शुक्रबार, असार २७, २०८२
कर्णालीमा बजेट खर्च ६५ प्रतिशत मात्र, ११ अर्ब फ्रिज शुक्रबार, असार २७, २०८२
काठमाडौं महानगरको बजेट आइतबार आउने शुक्रबार, असार २७, २०८२
सुनिल पौडेलविरुद्ध पौने १६ करोड रुपैयाँ भ्रष्टाचारको अर्को मुद्दा दायर शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
नेताहरुमाथि प्रतिशोधपूर्ण कारबाही भयो, हामी प्रतिवाद गर्छौ: शेखर कोइराला बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्