• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

युवराज खतिवडाको बहिर्गमनसँगै विद्युतीय गाडीको कर घटाउन व्यवसायीको लबिङ

सविन मिश्र/शिव बोहरा बुधबार, असोज १४, २०७७  १०:२५
1140x725

काठमाडौं-अर्थमन्त्रीबाट डा युवराज खतिवडाको बहिर्गमनसँगै विद्युतीय सवारी साधनकाे कर घटाउन व्यवसायीले तीव्र लबिङ थालेका छन्। विद्युतीय गाडी आयात गरेर बेच्दै आएका व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत्  कर घटाउन दबाब बढाएका हुन्। 

व्यवसायीहरूले व्यक्तिगत र सामूहिक रूपमा दबाब दिन थालेका छन्। यसका लागि उनीहरूले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमार्फत् पनि प्रधानमन्त्रीसमक्ष लबिङ गराएका छन्। महासंघका पदाधिकारीले केही समयअघि प्रधानमन्त्री ओलीसँगको भेटमा विद्युतीय सवारी साधनमा लगाइएको कर फिर्ताको एजेन्डा सबैभन्दा पहिलो नम्बरमा राखेका थिए। 

तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले निजी प्रयोजनमा प्रयोग हुने विद्युतीय सवारी साधनको भन्सार र अन्तशुल्क बढाइदिएका थिए। विद्युतीय सवारी साधनमा ४० प्रतिशत भन्सार लगाइएको छ। पहिले १० प्रतिशत भन्सार लाग्ने गरेकोमा यसपटक बढाइएको हो। यसैगरी सवारी साधनको क्षमताअनुसार अन्त:शुल्क पनि लगाइएको छ। 

यो पनि पढ्नुहोस्

विद्युतीय र इन्धनबाट चल्ने कारमा कति छ कर? यस्तो छ फरक [सूचीसहित]बुधबार, जेठ २१, २०७७

विद्युतीय सवारी साधन आयातकर्ताले सुरुदेखि नै यसको विरोध गरेका थिए। तर खतिवडाले विद्युतीय सवारी साधनका नाममा बिलासी र महँगा सवारी साधन आयात भएको भन्दै मुलुकले त्यसलाई धान्न नसक्ने भएकाले कर बढाउनुपरेको बताउँदै आएका थिए। 
'अहिले फेरि विद्युतीय सवारी साधनमा बढाइएको घर घटाउनुपर्ने लबिङ बढेको हामीले थाहा पाएका छौँ,' अर्थ मन्त्रालय स्रोतले भन्यो, 'व्यवसायीले राजनीतिक नेतृत्वमार्फत् दबाब दिन खोजेका छन्,' अहिले अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले सम्हालिरहेका छन्। 

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेका कारण अहिले प्रधानमन्त्रीसँग सहजै भेट नपाएकाले विषयवस्तु प्रष्टसँग राख्न नसकिएको एक व्यवसायीले स्वीकार गरे। 'हामीले यो विषय पटकपटक राखेका थियौँ, पहिलेका अर्थमन्त्रीबाट कुनै सुनुवाइ नभएका कारण प्रधानमन्त्रीलाई नै भनेका हौँ,' ती व्यवसायीले भने। 

विद्युतीय कार आयात गर्दै बेचिरहेका अर्का एक व्यवसायी भने नयाँ अर्थमन्त्रीको नियुक्ति हुने बेलासम्म पर्खिरहेको बताउँछन्। नयाँ अर्थमन्त्रीमार्फत् लबिङ गर्न सजिलो हुने र आफ्ना एजेण्डाअनुसार काम गराउन सहज हुने उनको बुझाइ छ। 'अब पहिले जस्तो अर्थमन्त्रीले हाम्रो कुरा नसुन्ने अवस्था आउँदैन,' ती व्यवसायीले भने। 

चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत् विद्युतीय गाडीमा कर बढाइएसँगै व्यवसायीले नयाँ गाडी भन्सार जाँचपास गराएका छैनन्। पहिले नै एलसी खोलिका गाडी अहिले भन्सारमा अड्किएर बसेका छन्। वीरगञ्ज भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार हुण्डाइ र कियाका केही गाडी अहिले पनि भन्सारमा अड्किएका छन्। 

के भनेका थिए तत्कालीन् अर्थमन्त्रीले?
संसदमा आर्थिक विधयेकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै तत्कालीन अर्थमन्त्री खतिवडाले विद्युतीय सवारीमा लगाइएको कर फिर्ता नहुने बताएका थिए। उनले सरकारले सार्वजनिक सवारीमा विद्युतीय गाडीको प्रयोग बढाउन १ प्रतिशत नै भन्सार दर कायम राखिएको पनि बताएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

'विद्युतीय गाडी पेट्रोल गाडीको विकल्पको रूपमा विकास भएका छन्। सरकारले विद्युतीय तर सार्वजनिक सवारीलाई प्राथमिकता दिएको छ,' उनले भनेका थिए, 'निजी विद्युतीय कारमा कर कम गर्दा ट्राफिक जाममा कमी नआउने र विद्युतीय कारका लागि बाहिरिने विदेशी मुद्रा पेट्रोलको लागत भन्दा कम हुन्छ भन्ने कुरा बुद्धिमतापूर्ण छैन।' 

यो पनि पढ्नुहोस्

विद्युतीय सवारीमा यसकारण हतार नगरौंशनिबार, साउन ३१, २०७७

अर्थ मन्त्रालय तयार छ?
अर्थ मन्त्रालयका अधिकारीहरू यो विषयमा मुख खोल्न तयार छैनन्। तर आर्थिक वर्ष सुरु भएको ३ महिना पनि नभएको र आर्थिक ऐनमार्फत् परिमार्जित भन्सार दर कार्यान्वयनमा आएको ६ महिना पनि नपुगेको अवस्थामा करका दर परिवर्तन गर्नु उचित नहुने उनीहरूको बुझाइ छ।

'हामीले केही समयअघि मात्रै कर दर हेरफेर गरेका छौँ, अहिले नै अर्को बाटो समात्न खोज्दा नीतिगत स्थिरता नभएको र यसअघिको निर्णय हचुवामा गरिएको भन्ने अर्थ लाग्न सक्छ,' अर्थ मन्त्रालयका ती अधिकारीले भने, 'त्यसो भएकाले पनि तत्काल अर्को निर्णय गर्न हुँदैन भन्नेमा हामी छौँ।' 

विद्युतीय सवारी साधनमा भन्सार दर बढाउने विषय गत वर्षको बजेट बनाउने बेलामा नै अर्थ मन्त्रालयमा छलफल भएको थियो। तर त्यतिबेला मन्त्रालयले यसमा कुनै निर्णय लिएन। तर गत वर्ष १ लाख पाउण्ड स्टर्लिङसम्म पर्ने महँगा विद्युतीय गाडी आयात भएपछि मन्त्रालय कर बढाउने मनस्थितिमा पुगेको हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चालु आर्थिक वर्षको बजेट तथा आर्थिक ऐन बनाउने मूल नेतृत्व नै अर्थ मन्त्रालयमा अहिले छ। अर्थसचिव र राजस्व सचिवदेखि आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक परिवर्तन भएका छैनन्। ४ महिनाअघि बजेट लेखेको यही समूहले तत्काल करका दर परिवर्तन गर्न राजनीतिक नेतृत्वलाई सहयोग गर्ने संभावना नरहेको अर्थका ती अधिकारी बताउँछन्। 

आर्थिक ऐनमा सरकारले चाहेको अवस्थामा करका दर हेरफेर गर्न सक्ने व्यवस्था छ। विगतमा पनि यसैमा टेकेर करका दर परिवर्तन हुने गरेका थिए। 

प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  १०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर)
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्