• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो
युवराज खतिवडाको बहिर्गमनसँगै विद्युतीय गाडीको कर घटाउन व्यवसायीको लबिङ
सविन मिश्र/शिव बोहरा बुधबार, असोज १४, २०७७  १०:२५
1140x725

काठमाडौं-अर्थमन्त्रीबाट डा युवराज खतिवडाको बहिर्गमनसँगै विद्युतीय सवारी साधनकाे कर घटाउन व्यवसायीले तीव्र लबिङ थालेका छन्। विद्युतीय गाडी आयात गरेर बेच्दै आएका व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत्  कर घटाउन दबाब बढाएका हुन्। 

व्यवसायीहरूले व्यक्तिगत र सामूहिक रूपमा दबाब दिन थालेका छन्। यसका लागि उनीहरूले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमार्फत् पनि प्रधानमन्त्रीसमक्ष लबिङ गराएका छन्। महासंघका पदाधिकारीले केही समयअघि प्रधानमन्त्री ओलीसँगको भेटमा विद्युतीय सवारी साधनमा लगाइएको कर फिर्ताको एजेन्डा सबैभन्दा पहिलो नम्बरमा राखेका थिए। 

तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले निजी प्रयोजनमा प्रयोग हुने विद्युतीय सवारी साधनको भन्सार र अन्तशुल्क बढाइदिएका थिए। विद्युतीय सवारी साधनमा ४० प्रतिशत भन्सार लगाइएको छ। पहिले १० प्रतिशत भन्सार लाग्ने गरेकोमा यसपटक बढाइएको हो। यसैगरी सवारी साधनको क्षमताअनुसार अन्त:शुल्क पनि लगाइएको छ। 

यो पनि पढ्नुहोस्

विद्युतीय र इन्धनबाट चल्ने कारमा कति छ कर? यस्तो छ फरक [सूचीसहित]बुधबार, जेठ २१, २०७७

विद्युतीय सवारी साधन आयातकर्ताले सुरुदेखि नै यसको विरोध गरेका थिए। तर खतिवडाले विद्युतीय सवारी साधनका नाममा बिलासी र महँगा सवारी साधन आयात भएको भन्दै मुलुकले त्यसलाई धान्न नसक्ने भएकाले कर बढाउनुपरेको बताउँदै आएका थिए। 
'अहिले फेरि विद्युतीय सवारी साधनमा बढाइएको घर घटाउनुपर्ने लबिङ बढेको हामीले थाहा पाएका छौँ,' अर्थ मन्त्रालय स्रोतले भन्यो, 'व्यवसायीले राजनीतिक नेतृत्वमार्फत् दबाब दिन खोजेका छन्,' अहिले अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले सम्हालिरहेका छन्। 

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेका कारण अहिले प्रधानमन्त्रीसँग सहजै भेट नपाएकाले विषयवस्तु प्रष्टसँग राख्न नसकिएको एक व्यवसायीले स्वीकार गरे। 'हामीले यो विषय पटकपटक राखेका थियौँ, पहिलेका अर्थमन्त्रीबाट कुनै सुनुवाइ नभएका कारण प्रधानमन्त्रीलाई नै भनेका हौँ,' ती व्यवसायीले भने। 

विद्युतीय कार आयात गर्दै बेचिरहेका अर्का एक व्यवसायी भने नयाँ अर्थमन्त्रीको नियुक्ति हुने बेलासम्म पर्खिरहेको बताउँछन्। नयाँ अर्थमन्त्रीमार्फत् लबिङ गर्न सजिलो हुने र आफ्ना एजेण्डाअनुसार काम गराउन सहज हुने उनको बुझाइ छ। 'अब पहिले जस्तो अर्थमन्त्रीले हाम्रो कुरा नसुन्ने अवस्था आउँदैन,' ती व्यवसायीले भने। 

चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत् विद्युतीय गाडीमा कर बढाइएसँगै व्यवसायीले नयाँ गाडी भन्सार जाँचपास गराएका छैनन्। पहिले नै एलसी खोलिका गाडी अहिले भन्सारमा अड्किएर बसेका छन्। वीरगञ्ज भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार हुण्डाइ र कियाका केही गाडी अहिले पनि भन्सारमा अड्किएका छन्। 

के भनेका थिए तत्कालीन् अर्थमन्त्रीले?
संसदमा आर्थिक विधयेकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै तत्कालीन अर्थमन्त्री खतिवडाले विद्युतीय सवारीमा लगाइएको कर फिर्ता नहुने बताएका थिए। उनले सरकारले सार्वजनिक सवारीमा विद्युतीय गाडीको प्रयोग बढाउन १ प्रतिशत नै भन्सार दर कायम राखिएको पनि बताएका थिए। 

Ncell 2
Ncell 2

'विद्युतीय गाडी पेट्रोल गाडीको विकल्पको रूपमा विकास भएका छन्। सरकारले विद्युतीय तर सार्वजनिक सवारीलाई प्राथमिकता दिएको छ,' उनले भनेका थिए, 'निजी विद्युतीय कारमा कर कम गर्दा ट्राफिक जाममा कमी नआउने र विद्युतीय कारका लागि बाहिरिने विदेशी मुद्रा पेट्रोलको लागत भन्दा कम हुन्छ भन्ने कुरा बुद्धिमतापूर्ण छैन।' 

यो पनि पढ्नुहोस्

विद्युतीय सवारीमा यसकारण हतार नगरौंशनिबार, साउन ३१, २०७७

अर्थ मन्त्रालय तयार छ?
अर्थ मन्त्रालयका अधिकारीहरू यो विषयमा मुख खोल्न तयार छैनन्। तर आर्थिक वर्ष सुरु भएको ३ महिना पनि नभएको र आर्थिक ऐनमार्फत् परिमार्जित भन्सार दर कार्यान्वयनमा आएको ६ महिना पनि नपुगेको अवस्थामा करका दर परिवर्तन गर्नु उचित नहुने उनीहरूको बुझाइ छ।

'हामीले केही समयअघि मात्रै कर दर हेरफेर गरेका छौँ, अहिले नै अर्को बाटो समात्न खोज्दा नीतिगत स्थिरता नभएको र यसअघिको निर्णय हचुवामा गरिएको भन्ने अर्थ लाग्न सक्छ,' अर्थ मन्त्रालयका ती अधिकारीले भने, 'त्यसो भएकाले पनि तत्काल अर्को निर्णय गर्न हुँदैन भन्नेमा हामी छौँ।' 

विद्युतीय सवारी साधनमा भन्सार दर बढाउने विषय गत वर्षको बजेट बनाउने बेलामा नै अर्थ मन्त्रालयमा छलफल भएको थियो। तर त्यतिबेला मन्त्रालयले यसमा कुनै निर्णय लिएन। तर गत वर्ष १ लाख पाउण्ड स्टर्लिङसम्म पर्ने महँगा विद्युतीय गाडी आयात भएपछि मन्त्रालय कर बढाउने मनस्थितिमा पुगेको हो। 

चालु आर्थिक वर्षको बजेट तथा आर्थिक ऐन बनाउने मूल नेतृत्व नै अर्थ मन्त्रालयमा अहिले छ। अर्थसचिव र राजस्व सचिवदेखि आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक परिवर्तन भएका छैनन्। ४ महिनाअघि बजेट लेखेको यही समूहले तत्काल करका दर परिवर्तन गर्न राजनीतिक नेतृत्वलाई सहयोग गर्ने संभावना नरहेको अर्थका ती अधिकारी बताउँछन्। 

आर्थिक ऐनमा सरकारले चाहेको अवस्थामा करका दर हेरफेर गर्न सक्ने व्यवस्था छ। विगतमा पनि यसैमा टेकेर करका दर परिवर्तन हुने गरेका थिए। 

प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  १०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
मधेश टुक्रयाउने अभिव्यक्ति दिएका  प्रदेश अध्यक्षविरुद्धका सबै मुद्दा फिर्ता लिन जसपाको माग
कर्णालीमा बजेट खर्च ६५ प्रतिशत मात्र, ११ अर्ब फ्रिज
काठमाडौं महानगरको बजेट आइतबार आउने
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
मधेश टुक्रयाउने अभिव्यक्ति दिएका  प्रदेश अध्यक्षविरुद्धका सबै मुद्दा फिर्ता लिन जसपाको माग शुक्रबार, असार २७, २०८२
कर्णालीमा बजेट खर्च ६५ प्रतिशत मात्र, ११ अर्ब फ्रिज शुक्रबार, असार २७, २०८२
काठमाडौं महानगरको बजेट आइतबार आउने शुक्रबार, असार २७, २०८२
सुनिल पौडेलविरुद्ध पौने १६ करोड रुपैयाँ भ्रष्टाचारको अर्को मुद्दा दायर शुक्रबार, असार २७, २०८२
अब लघुवित्त वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
नेताहरुमाथि प्रतिशोधपूर्ण कारबाही भयो, हामी प्रतिवाद गर्छौ: शेखर कोइराला बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्