काठमाडौं- सर्वोच्च अदालतमा धार्मिक विधि अनुसार पूजापाठ गर्दै श्रीयन्त्र राखिएको छ।
२००८ सालमा राखिएको श्रीयन्त्र बीचमा झिकिएकोमा सोमबार बुद्ध जयन्तीको अवसरमा पूजापाठ गरेर श्रीयन्त्र राखिएको हो।
२००८ सालमा तत्कालीन प्रधानन्यायाधीश हरिप्रधान प्रधानले राखेका श्रीयन्त्र पछि नयनबहादुर खत्री सर्वोच्चको नेतृत्वमा रहेको समय (२०३३-२०४२) मा झिकिएको हो।
श्रीयन्त्रको खोजी गर्दै कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले पुन: राख्न लगाएका हुन्। पूजामा कायममुकायम प्रधानन्यायाधीश जोशीका साथै सर्वोच्चमा पूर्व र वर्तमान न्यायाधीशहरुको सहभागिता थियो।
श्रीयन्त्र राखेपछि घुस खाने लगायतका गलत कार्य गर्न नहुने र गरेमा पाप लाग्ने धार्मिक मान्यता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।