काठमाडौं- बलात्कारपछि हत्या भएका दुई किशोरीको सम्झनामा बुधबार माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ। अनेरास्ववियुले माइतीघर मण्डलामा बुधबार साँझ दुई किशोरीको सम्झनामा दीप प्रज्वलन गरेको हो।
२०७५ साउनमा कञ्चनपुरकी १३ वर्षीया निर्मलाको बलात्कारपछि उखुबारीमा शव फेला परेको थियो। त्यस्तै असोज ७ गते बझाङकी १२ वर्षीया सम्झनाको मन्दिर परिसरमा शव भेटिएको थियो।
सम्झनाको पनि बलात्कारपछि हत्या भएको हो। हालसम्म निर्मलाको हत्यामा संलग्न कोही पक्राउ परेका छैनन् भने सम्झनाको हत्यामा संलग्न एक जना पक्राउ परेका छन्।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।