• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली-‍प्रचण्ड दुवैले अडान नछोड्दा पेचिलो बन्यो मन्त्रिपरिषद् पुनर्गठन

64x64
नेपाल लाइभ मंगलबार, असोज १३, २०७७  १७:०५
1140x725

काठमाडौं- नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ-आफ्नो अडान नछोड्दा मन्त्रिपरिषद् पुनर्गठनका विषय पेचिलो बन्दै गएको छ। मंगलबार लगातार पाँचौ दिनको छलफल भएपनि दुवै अध्यक्षले आफ्नो अडान नछोड्दा छलफलले कुनै निष्कर्ष निकाल्न सकेको छैन। 

बिहीबारदेखि मन्त्रिपरिषद् पुनर्गठनमा केन्द्रित भएर अध्यक्षद्वय ओली-प्रचण्डले दैनिक छलफल गर्दै आएका छन्। ओली-प्रचण्डले पुनर्गठनकै विषयलाई लिएर गत बिहीबार, शुक्रबार, आइतबार, सोमबार र मंगलबार समेत छलफल गरेका थिए।

मंगलबार मध्यान्न १२ बजेदेखि करिब तीन घण्टा छलफल भएपनि कुनै निष्कर्षमा नपुगी छलफल टुंगएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अध्यक्ष ओलीले स्थायी कमिटी र सचिवालय बैठकको स्पिरिटलाई समाउन नसक्दा पुनर्गठनमा ढिलाई भएको प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले जानकारी दिए। 

पार्टी कमिटीले गरेको निर्णयलाई प्रधानमन्त्रीले मान्न आनाकानी गर्न थालेपछि प्रचण्ड भने प्रधानमन्त्रीप्रति पुन सशंकित भएको बताइएको छ। अप्ठ्यारो पर्दा सबै मान्न तयार हुने ओली सजिलो हुँने बित्तिकै सबै बिर्सने गरेको भन्दै प्रचण्ड सशंकित भएको ओलीइतर पक्षका नेताहरुको ठहर छ। 

‘प्रधानमन्त्री ओली कमरेड खाली आफ्नै जिद्दी गर्नुहुन्छ। आफूलाई जुन जुन मन्त्रीसँग कुरा मिल्दैन। जसले आफूले भने जस्तो गर्दैन त्यस्ता मन्त्रीलाई मात्रै हटाउने धम्की दिनुहुन्छ,’ ती स्थायी कमिटी सदस्यले भने, ‘जो सबैभन्दा धेरै विवादित र भ्रष्ट छन् ती मन्त्रीलाई काखी च्याप्नु हुन्छ। त्यस्तो भए कसरी कुरा मिल्छ? जबसम्म स्वच्छ छवि भएका नेता सरकारमा हुँदैनन्। तबसम्म पुुर्नगठन गर्नु नगर्नुको कुनै अर्थ हुँदैन।’

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्डले सबैभन्दा विवादित भएका मन्त्री र प्रभावकारी काम गर्न नसकेका मन्त्रीलाई पहिलो प्राथमिकता दिएर हटाउनु पर्ने पक्षमा उभिएका छन्। धेरैभन्दा धेरै स्वच्छ छवि भएका मन्त्रीलाई सरकारमा नलगेसम्म सरकारले पार्टीको पक्षमा महाल बनाउन नसकिने प्रचण्डको बुझाइ छ। अबको मन्त्रिपरिषद पुनर्गठनले भावी नेकपाले चुनाव जित्ने वा हार्ने फैसला गर्ने भएकाले योग्य, सक्षम र स्वच्छ छवि भएका व्यक्तिलाई राखेर पुनर्गठन गर्नुपर्ने प्रचण्डको मत राखेको ती स्थायी कमिटी सदस्यले बताए। प्रधानमन्त्री ओलीले आफूलाई अनुकुल हुने मात्रै मन्त्री राख्न खोज्दा समस्या भइरहेको नेताहरुले बताएका छन्।

ओलीले आफ्नो मन्त्रिपरिषद्‍मा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई राखिराख्न सबैभन्दा धेरै बल गरेर राख्न खोजेको प्रधानमन्त्रीका एक सल्लाहकारको भनाइ छ।

स्रोतका अनुसार सरकारमा सबैभन्दा धेरै बदनाम भएपनि पोखरेल र ढकाललाई कुनै हालतमा हटाउन नहुने अडान ओलीले दोहार्‍याई रहेका छन्। यदि उनीहरुलाई हटाए कुनै मन्त्रीलाई नहटाएर रिक्त मन्त्रालयमा नयाँलाई जिम्मेवारी दिएर पुनर्गठन गर्ने पक्षमा उभिएका छन्। ओलीले प्राय पूर्व माओवादी समूहबाट आफूलाई सहयोग नगरेको भन्दै धेरै मन्त्रीलाई हटाउन खोजेका छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

श्रममन्त्री रामेश्वर राय यादव, खानेपानीमन्त्री विना मगर, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्तिबहादुर बस्नेतलाई प्रधानमन्त्री ओलीले दोहोर्‍याउन चाहेका छैनन्। गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन र उद्योगमन्त्री लेखराज भट्टलाई हटाउन नहुने पक्षमा प्रधानमन्त्री उभिएका छन्। पूर्वमाओवादी बाहेकबाट खेदकुदमन्त्री जगतबहादुर विश्वकर्मा, भूमिमन्त्री पद्मा अर्यालले चाहेमा हटाउने योजना बनाएका छन् प्रधानमन्त्रीले।

तर, प्रचण्ड रक्षा पोखरेल, स्वास्थ्य मन्त्री ढकालसहित प्रभावकारी काम गर्न नसकेका १२ भन्दा धेरै नेताले जिम्मेवारी पाउनेगरी पुनर्गठन गर्नुपर्ने पक्षमा छन्।आफूले भने जस्तो नभए ओलीले रिक्त भएका तीन मन्त्रालय सहित दुई मन्त्रालय फोडेर पाँच नयाँ मन्त्रीलाई जिम्मेवारी दिएर पुनर्गठन गर्नुपर्ने सर्त राखेका छन्।

ओलीले स्थायी कमिटी र सचिवालय बैठकको सुझावलाई नजरअन्दाज गरेको प्रचण्डले बताउने गरेका छन्। यदि पार्टी कमिटीको निर्णय बमोजिम पुनर्गठन नभए वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई समेत मनाउन गाह्रो हुने भन्दै प्रचण्ड कन्भिन्स गराउन लागिरहेको बताइएको छ। तर, ओली आफ्नो अडानबाट टसमस नभएपछि पुनर्गठनको प्रक्रिया अझै लम्बिने देखिएको छ।

प्रचण्ड नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउनु पर्ने लबिङ गरेका छन्। तर ओलीले दुवै जनालाई कुनै हालतमा मन्त्री बनाउन नसकिने आफ्नो अडान दोहोर्‍याई रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १७:०५
  • #ओली_प्रचण्ड
  • #मन्त्रिपरिषद्-पुनर्गठन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्