• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ १६, २०८२ Fri, Jan 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली-‍प्रचण्ड दुवैले अडान नछोड्दा पेचिलो बन्यो मन्त्रिपरिषद् पुनर्गठन

64x64
नेपाल लाइभ मंगलबार, असोज १३, २०७७  १७:०५
1140x725

काठमाडौं- नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ-आफ्नो अडान नछोड्दा मन्त्रिपरिषद् पुनर्गठनका विषय पेचिलो बन्दै गएको छ। मंगलबार लगातार पाँचौ दिनको छलफल भएपनि दुवै अध्यक्षले आफ्नो अडान नछोड्दा छलफलले कुनै निष्कर्ष निकाल्न सकेको छैन। 

बिहीबारदेखि मन्त्रिपरिषद् पुनर्गठनमा केन्द्रित भएर अध्यक्षद्वय ओली-प्रचण्डले दैनिक छलफल गर्दै आएका छन्। ओली-प्रचण्डले पुनर्गठनकै विषयलाई लिएर गत बिहीबार, शुक्रबार, आइतबार, सोमबार र मंगलबार समेत छलफल गरेका थिए।

मंगलबार मध्यान्न १२ बजेदेखि करिब तीन घण्टा छलफल भएपनि कुनै निष्कर्षमा नपुगी छलफल टुंगएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अध्यक्ष ओलीले स्थायी कमिटी र सचिवालय बैठकको स्पिरिटलाई समाउन नसक्दा पुनर्गठनमा ढिलाई भएको प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले जानकारी दिए। 

पार्टी कमिटीले गरेको निर्णयलाई प्रधानमन्त्रीले मान्न आनाकानी गर्न थालेपछि प्रचण्ड भने प्रधानमन्त्रीप्रति पुन सशंकित भएको बताइएको छ। अप्ठ्यारो पर्दा सबै मान्न तयार हुने ओली सजिलो हुँने बित्तिकै सबै बिर्सने गरेको भन्दै प्रचण्ड सशंकित भएको ओलीइतर पक्षका नेताहरुको ठहर छ। 

‘प्रधानमन्त्री ओली कमरेड खाली आफ्नै जिद्दी गर्नुहुन्छ। आफूलाई जुन जुन मन्त्रीसँग कुरा मिल्दैन। जसले आफूले भने जस्तो गर्दैन त्यस्ता मन्त्रीलाई मात्रै हटाउने धम्की दिनुहुन्छ,’ ती स्थायी कमिटी सदस्यले भने, ‘जो सबैभन्दा धेरै विवादित र भ्रष्ट छन् ती मन्त्रीलाई काखी च्याप्नु हुन्छ। त्यस्तो भए कसरी कुरा मिल्छ? जबसम्म स्वच्छ छवि भएका नेता सरकारमा हुँदैनन्। तबसम्म पुुर्नगठन गर्नु नगर्नुको कुनै अर्थ हुँदैन।’

Ncell 2
Ncell 2

प्रचण्डले सबैभन्दा विवादित भएका मन्त्री र प्रभावकारी काम गर्न नसकेका मन्त्रीलाई पहिलो प्राथमिकता दिएर हटाउनु पर्ने पक्षमा उभिएका छन्। धेरैभन्दा धेरै स्वच्छ छवि भएका मन्त्रीलाई सरकारमा नलगेसम्म सरकारले पार्टीको पक्षमा महाल बनाउन नसकिने प्रचण्डको बुझाइ छ। अबको मन्त्रिपरिषद पुनर्गठनले भावी नेकपाले चुनाव जित्ने वा हार्ने फैसला गर्ने भएकाले योग्य, सक्षम र स्वच्छ छवि भएका व्यक्तिलाई राखेर पुनर्गठन गर्नुपर्ने प्रचण्डको मत राखेको ती स्थायी कमिटी सदस्यले बताए। प्रधानमन्त्री ओलीले आफूलाई अनुकुल हुने मात्रै मन्त्री राख्न खोज्दा समस्या भइरहेको नेताहरुले बताएका छन्।

ओलीले आफ्नो मन्त्रिपरिषद्‍मा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई राखिराख्न सबैभन्दा धेरै बल गरेर राख्न खोजेको प्रधानमन्त्रीका एक सल्लाहकारको भनाइ छ।

स्रोतका अनुसार सरकारमा सबैभन्दा धेरै बदनाम भएपनि पोखरेल र ढकाललाई कुनै हालतमा हटाउन नहुने अडान ओलीले दोहार्‍याई रहेका छन्। यदि उनीहरुलाई हटाए कुनै मन्त्रीलाई नहटाएर रिक्त मन्त्रालयमा नयाँलाई जिम्मेवारी दिएर पुनर्गठन गर्ने पक्षमा उभिएका छन्। ओलीले प्राय पूर्व माओवादी समूहबाट आफूलाई सहयोग नगरेको भन्दै धेरै मन्त्रीलाई हटाउन खोजेका छन्।

श्रममन्त्री रामेश्वर राय यादव, खानेपानीमन्त्री विना मगर, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्तिबहादुर बस्नेतलाई प्रधानमन्त्री ओलीले दोहोर्‍याउन चाहेका छैनन्। गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन र उद्योगमन्त्री लेखराज भट्टलाई हटाउन नहुने पक्षमा प्रधानमन्त्री उभिएका छन्। पूर्वमाओवादी बाहेकबाट खेदकुदमन्त्री जगतबहादुर विश्वकर्मा, भूमिमन्त्री पद्मा अर्यालले चाहेमा हटाउने योजना बनाएका छन् प्रधानमन्त्रीले।

तर, प्रचण्ड रक्षा पोखरेल, स्वास्थ्य मन्त्री ढकालसहित प्रभावकारी काम गर्न नसकेका १२ भन्दा धेरै नेताले जिम्मेवारी पाउनेगरी पुनर्गठन गर्नुपर्ने पक्षमा छन्।आफूले भने जस्तो नभए ओलीले रिक्त भएका तीन मन्त्रालय सहित दुई मन्त्रालय फोडेर पाँच नयाँ मन्त्रीलाई जिम्मेवारी दिएर पुनर्गठन गर्नुपर्ने सर्त राखेका छन्।

ओलीले स्थायी कमिटी र सचिवालय बैठकको सुझावलाई नजरअन्दाज गरेको प्रचण्डले बताउने गरेका छन्। यदि पार्टी कमिटीको निर्णय बमोजिम पुनर्गठन नभए वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई समेत मनाउन गाह्रो हुने भन्दै प्रचण्ड कन्भिन्स गराउन लागिरहेको बताइएको छ। तर, ओली आफ्नो अडानबाट टसमस नभएपछि पुनर्गठनको प्रक्रिया अझै लम्बिने देखिएको छ।

प्रचण्ड नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउनु पर्ने लबिङ गरेका छन्। तर ओलीले दुवै जनालाई कुनै हालतमा मन्त्री बनाउन नसकिने आफ्नो अडान दोहोर्‍याई रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १७:०५
  • #ओली_प्रचण्ड
  • #मन्त्रिपरिषद्-पुनर्गठन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री
सम्बन्धित सामग्री
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा १२ माघमा सर्लाही आइपुगेका सभापति थापा निर्वाचन क्षेत्रभित्र घरदैलो, छलफल र संवाद कार्यक्रममा सहभागी भए । शुक्रबार, माघ १६, २०८२
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री गृहमन्त्री आर्यालले मुलुकमा लोकतन्त्र, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव हुनुको कारण सहिदहरूको बलिदान रहेको स्पष्... शुक्रबार, माघ १६, २०८२
शेरबहादुर देउवासँग निरन्तर संवादमा छु : गगन थापा शुक्रबार धनुषा–४ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसमा अहिले नेताहरूबिच  मतभेद नभएको बताए । पार्टी एक ढिक्का... शुक्रबार, माघ १६, २०८२
ताजा समाचारसबै
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो शुक्रबार, माघ १६, २०८२
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा शुक्रबार, माघ १६, २०८२
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री शुक्रबार, माघ १६, २०८२
सिराहामा गोली प्रहार गरी एक जनाको हत्या, थप विवरण आउन बाँकी शुक्रबार, माघ १६, २०८२
शेरबहादुर देउवासँग निरन्तर संवादमा छु : गगन थापा शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्