काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद पुनर्गठनका विषयमा बालुवाटारमा छलफल भएको छ। उनीहरूबीच करिक ३ घण्टा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। छलफल सकेर प्रचण्ड भर्खरै बालुवाटारबाट बाहिरिएका छन्।
मन्त्रिपरिषद पुनर्गठनका विषयमा दुवै अध्यक्षबीच छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। तर कुनै निर्णय भए/नभएको विषयमा भने स्पष्ट पारिएको छैन। गत बिहीबार, शुक्रबार र आइतबार गरी तीन दिन यही विषयमा छलफल भइसकेको छ। सोमबार पनि सोही विषयमा दुई अध्यक्षबीच छलफल भएको हो।
आइतबार दुई अध्यक्षबीच पुनर्गठनका विषयमा छलफल चले पनि सहमति हुन सकेको थिएन। मन्त्री कसलाई बनाउनेभन्दा पनि कुन–कुन मन्त्रीलाई हटाउने विषयमा दुई अध्यक्षबीच कुरा नमिल्दा पुनर्गठनबारे सहमति हुन नसकेको बताइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।