काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टाइनमा बसेका छन्। उनी आइतबारदेखि सेल्फ क्वारेन्टाइनमा बसेका हुन्।
प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा बसेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेएको निर्देशिका र मापदण्ड बमोजिम प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा बसेको सेनाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।