काठमाडौं– अवैध रुपमा मुस्ताङ पुगेका एक अमेरिकन पर्यटक पक्राउ परेका छन्। भारतीय मुलका अमेरिकन नागरिक रचन अरोरालाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ गरी उनलाई अध्यागमन कार्यालय पोखरामा बुझाएको थियो। अध्यागमन कार्यालयले अध्यागमन विभागमा बुझाएको थियो। अरोरामाथि विभागले छानबिन अघि बढाएको छ।
मुस्ताङ लगायत विभिन्न हिमाली जिल्लामा विभागबाट अनुमती लिएर मात्र जान पाइन्छ। तर, उनले अनुमती नलिई गएको खुलेपछि नियन्त्रणमा लिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।