काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि बालुवाटारमा छलफल जारी छ।
बिहीबार छलफल गरेका अध्यक्षद्वयले शुक्रबार पनि बिहान १० बजेदेखि छलफल जारी राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नेकपा सचिवालय बैठकले मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक आयोगको नियुक्ति र बाँकी रहेको एकताका विषयमा तत्काल टुंगो लगाउने निर्णय गरेको थियो। त्यहीँ विषयलाई टुंगोमा पुर्याउन अध्यक्षद्वयले निरन्तर छलफल गर्दै आएका छन्।
सकेसम्म प्रदेश र संघीय मन्त्रीमण्डल तत्काल पुनर्गठन गर्ने तयारीमा दुई अध्यक्ष जुटेका छन्। यस्तै संवैधानिक अंगको नियुक्तिका विषयमा समेत छलफल गरी भागबण्डा गर्ने बताइएको छ। बाँकी रहेको एकतालाई असोजभित्रै टुंगोमा लागउने निर्णय भईसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।