काठमाडौं- सत्तारुढ दल नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ। पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठलाई राजदूत क्वात्राले उनकै निवास हरिसिद्धिमा पुगेर भेट गरेका हुन्।
भेटमा नेपाल-भारत सम्बन्धका विभिन्न आयामबारेमा छलफल भएको श्रेष्ठले सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन्। दुई देशबीच रहेका समस्यालाई वार्ताका माध्यमबाट छिटो समाधान गर्नुपर्ने विषयमा आफूले धारणा राखेको श्रेष्ठले उल्लेख गरेका छन्।
'नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्रासँग आज मेरो निवास हरिसिद्धिमा भेट भयो। उहाँसँग नेपाल-भारत सम्बन्धका विभिन्न आयामका बारेमा छलफल भयो। दुई देशका बीचमा रहेका समस्यालाई छिटो वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने आवश्यकताका बारेमा पनि विचार आदानप्रदान भयो,' प्रवक्ता श्रेष्ठले ट्विटमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।