• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक १४, २०८२ Fri, Oct 31, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

यातायात व्यवसायी भन्छन्- बस चलाउनै सक्दैनौं, हवाई व्यवसायी भन्छन्- बसको यात्रु तान्छौं

64x64
नेपाल लाइभ सोमबार, असोज ५, २०७७  १७:२९
1140x725

काठमाडौं- सरकारले सार्वजनिक यातायातको ५० प्रतिशत बढाएर सिट क्षमताको आधामात्र यात्रु बोक्न पाउने व्यवस्था गरेको छ।

सार्वजनिक बसको भाडा बढाइएको र हवाई जहाजको भाडा साविक दर नै कायम गरिएकाले बसका यात्रु हवाई जहाजमा ‘सिफ्ट’ हुने देखिएको छ। 

यातायात व्यवसायीहरुले यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। व्यवसायीहरुले सिट क्षमताअनुसार नै यात्रु बोक्न पाउनुपर्ने र भाडामात्र बढी हुँदा बसका यात्रु हवाई जहाजमा जाने बताएका छन्। 

कोरोना भाइरसको संक्रमणका कारण चैत ११ देखि भएका लकडाउनले ६ महिना बन्द रहेका लामो तथा मध्यम दूरीका सार्वजनिक बस र हवाई सेवा सञ्चालनमा आएका छन्। लामो तथा मध्यम दूरीका बस असोज १ देखि र आन्तरिक हवाई सेवा सोमबारबाट सञ्चालनमा आएका हुन्। 

सरकारले हवाई जहाजमा समेत सिट क्षमताको आधामात्र यात्रु राख्ने र भाडा ५० प्रतिशत बढाएर उडान गर्ने भनेको थियो। तर हवाई व्यवसायीहरुले त्यसरी जहाज उडाउँदा लागत नधान्ने भन्दै पूरा यात्रु राखेर उडाउन पाउने भएमात्र उडान गर्ने अडान राखे। व्यवसायीले सरकारलाई सिट क्षमता जति नै यात्रु बोक्न दिए भाडा बढाउने नभई बरु घटाउने भनेका थिए। त्यसपछि सरकारले हवाई यातायातमा पूर्ण सिट क्षमतामा यात्रु बोक्न पाउने र भाडा नबढ्ने निर्णय गर्‍यो। 

यता लामो तथा मध्यम दूरीका सार्वजनिक बसमा भने सिट क्षमताभन्दा आधामात्र यात्रु राख्न पाउने र तोकिएको भाडामा ५० प्रतिशत थप लिन पाउने व्यवस्था सरकारले गर्‍यो। सोही निर्णयअनुसार यातायात व्यवसायीले असोज १ देखि लामो तथा मध्यम दूरीका बस चल्न थालेका छन्। 

हवाई भाडा नबढेको र पूर्ण क्षमतामा यात्रु बोक्न पाउने भएकाले हवाई कम्पनीहरुबीच प्रतिस्पर्धा हुँदा न्यूनतम भाडामै यात्रुले जहाजको टिकट पाउन सक्छन्। यस्ता अवस्थामा बस भाडा बढी हुने र समय धेरै लाग्ने हुँदा बसमा यात्र गर्नेहरु हवाई जहाजतर्फ आकर्षित हुने निश्चित छ। बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतको भनाइले पनि यही कुरा पुष्टि गर्छ। 

लामो दूरीका गन्तव्यमा यात्रा गर्ने यात्रुलाई हवाई यात्रामा आकर्षित गरेर नै हाम्रो व्यवसायलाई मजबुत बनाउने योजना रहेको बस्नेतको भनाइ छ। ‘मध्यम वर्गका यात्रुलाई आकर्षित नगर्ने हो भने हवाई सेवा टिकाइरहन अप्ठेरो हुने देखिएको छ,’ उनले भने, ‘त्यसैले हाम्रो ध्यान लामो तथा मध्यम दूरीमा बसमार्फत् यात्रा गर्नेलाई आकर्षित गर्ने प्रतिस्पर्धी भाडा कायम गर्नुको विकल्प छैन।’ 

Ncell 2
Ncell 2

यता व्यवसायीहरुले भने हवाई पनि यातायात भएको र बस पनि यातायात भएकाले राज्यले भेदभाग गरेको बताउँदै आएका छन्।

उनीहरुले सरकारले सिट क्षमताको आधामात्र यात्रु राख्न पाउने भने पनि बसमा पूर्ण क्षमतामा यात्रु बोक्ने चेतावनी दिइसकेका छन्। 

काठमाडौंदेखि बिराटनगरको बस भाडा नयाँ व्यवस्थाअनुसार १५ सय ६५ रुपैयाँ लाग्छ। डिलक्स बसले तोकिएको भाडामा ४० प्रतिशत बढी लिन पाउने व्यवस्था छ। लामो दूरीमा सञ्चालित सबैजसो बस डिलक्स नै छन्। त्यसैले डिलक्स बसका लागि विराटनगरको भाडा करिब २२ सय रुपैयाँ हुन्छ। यो गन्तव्यका लागि हवाइ जहाजको न्यूतत भाडा २८ सय रुपैयाँ तोकिएको छ। तर जहाज कम्पनीहरुले ३ हजार रुपैयाँमा यात्रु बोक्न थालेका छन्। 

बसमा लाग्ने समय, थकान, खाजा/खानामा लाग्ने खर्च जोड्ने हो भने हवाई जहाजमै यात्रा गर्नु सस्तो हुने देखिन्छ।  त्यस्तै काठमाडौंदेखि पोखरासम्मको बस भाडा ६ सय ४२ (५० प्रतिशत बढीसहित) छ। यसमा डिलक्सले लिनपाउने ४० प्रतिशत जोड्दा ९ सय रुपैयाँभन्दा बढी हुन्छ। काठमाडौंदेखि पोखरासम्म हवाई जहाजले २ हजारदेखि २२ सय रुपैयाँमै उडाउने गरेका छन्। 

यस्तो अवस्थामा लामो तथा मध्यम दूरीका बसले हवाई जहाजसँग प्रतिस्पर्धा गरेर कसरी यात्रु ओसार्न सक्छन् भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए। ‘बसमा आधामात्र यात्रु राख्न पाउने तर हवाई जहाजमा पूरा यात्रु राख्न पाउने? यो न्यायोचित भएन,’ उनले भने, ‘लामो दूरीका बसले ५० प्रतिशत बढी भाडा लिएपनि सञ्चालन खर्च उठ्दैन। हवाई जहाजमा पूरा यात्रु राख्न दिने र भाडा नबढाइएको कारण यात्रु यतै जाँदा बस सञ्चालक थला पर्नेछ।’ 

बस भाडा
काठमाडौं-पोखराको साविक भाडा ४ सय २८ 
लिनपाइने थप ५० प्रतिशत २ सय १४
हाल लिन पाइने भाडा ६ सय ४२

काठमाडौं-विराटनगरको साविक भाडा १ हजार ४३ 
५० प्रतिशत बढी लिन पाइने ५ सय २२
हालको भाडा दर १५ सय ६५ 

प्लेन भाडा
काठमाडौं-पोखराको हवाइ भाडा न्यूनतम २४ सय 
काठमाडौं- विराटनगर ३३ सय

प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  १७:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पेट्राेलकाे मूल्य बढ्याे
जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
महाधिवेशनको कार्यतालिका पेश गर्न नदिने भनिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ शुक्रबार, कात्तिक १४, २०८२
महाधिवेशनको कार्यतालिका पेश गर्न नदिने भनिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
'मोन्था'को असर मधेश र कोशीमा, सुन्दर हरैंचामा २१० मिलिमिटर वर्षा शुक्रबार, कात्तिक १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
फरार रहेका खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा उपस्थित बिहीबार, कात्तिक १३, २०८२
विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु बिहीबार, कात्तिक १३, २०८२
आज यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना शुक्रबार, कात्तिक १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्