काठमाडौं- पहिल्लो २४ घण्टामा १ हजार १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १७ हजार ६११ जना सक्रिय संक्रमित छन्। यी मध्ये ८ हजार ९२१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा ८६९० जना होम आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा ९ हजार ५३३ जनाको परीक्षण भएको छ। हाल ७ हजार ४०३ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा १ हजार ५ जना निको भएका छन्। यो सँगै ४७ हजार २३८ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ७२ प्रतिशत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।