काठमाडौं– विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३ सय १२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ।
वनस्पति विभागले दिएको जानकारीअनुसार ५ हजार ३ सयभन्दा बढी फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३ सय १२ प्रजाति पाइने गरेको हो। जसमध्ये गुराँसमात्रै ३१ किसिमका छन्।
यसैगरी लेउ १ हजार १, झ्याउ ढुसी २ हजार ४ सय ६७, लाइकेन्स ७ सय ९२, झ्याउ १ हजार २ सय १३, उनीउँ ५ सय ८०, फूल नफुल्ने ६ हजार ५३ र सल्लो ३३ रहेका छन्।
विभागका सूचना अधिकारी शिशिर पन्थीले नेपालमा पाइने वनस्पतिमध्ये ८ सय १९ वनस्पतिलाई औषधिका रुपमा प्रयोग गर्न सकिने बताए। ‘औषधि तथा तेल उत्पादन गर्न सकिने वनस्पतिलाई विभागले विशेष प्राथमिकता दिएको छ,’ उनले भने।
नेपालमा रहेका वनस्पतिमध्ये ६० वनस्पति संकटापन्न अवस्थामा रहेको र १६ प्रजातिका वनस्पतिको संरक्षण र संवद्र्धनमा विभाग लागेको उनको भनाइ छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।