राजविराज– पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ स्थित मिलन चोकमा गएराति माइक्रोबस र भारतीय ट्रक एकापसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ।
काभ्रेपलाञ्चोक नमोबुध नगरपालिका–२ फूलबारी बस्ने माइक्रोबस चालक ३५ वर्षीय रामशरण गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।
काठमाडौँबाट सप्तरीको फतेपुर आउँदै गरेको बा४ख ८२४८ नम्बरको माइक्रोबस (हायस) र विपरीत दिशाबाट जाँदै गरेको बीआर ०६ जीसी ७६६६ नम्बरको भारतीय ट्रक एकापसमा ठोक्किएका थिए।
ठक्कर दिने ट्रक चालक फरार रहेकाले उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।