काठमाडौं- देशभर कोरोना संक्रमितको संख्या बढेपछि आइसियू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि थपिँदै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर २ सय २६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ३६ जना भेन्टिलेटरमा र १९० जना संक्रमित आइसियूमा उपचाररत रहेका छन्।
आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२६ जना आइसियू र ३३ जना भेन्टिलेटर, प्रदेश ५ मा २३ जना आइसियू र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ९ जना आइसियू र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै प्रदेश २ मा १६, गण्डकी प्रदेशमा ५ र कर्णाली प्रदेशमा ११ आइसियूमा उपचाररत रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।