• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ २७, २०८३ Wed, Jun 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

'संविधान कार्यान्वयनमा लैजाने र अधिकार रक्षा गर्ने अदालतले नै हो'

64x64
नेपाल लाइभ शनिबार, असोज ३, २०७७  १७:४५
1140x725

काठमाडौं- संविधान कार्यान्वयनमा अदालतले पर्याप्त भूमिका खेल्न नसकेको भन्दै आलोचना भइरहेका बेला न्यायाधीश र कानुन व्यवसायीले उक्त कुरा स्वीकार गरेका छन्।

संविधान जारी भएको पाँच वर्ष पूरा भएपनि अदालतले संवैधानिक विवादका मुद्दाहरु वर्षौंसम्म अल्झाएर राख्ने, कार्यकारी जोडिएका विवादमा रोक्ने आदेश दिन अलमल गर्ने र संविधान उल्लंघनका कतिपय घटनामा पनि अदालतकै कारण समस्यामा पर्ने गरेको उनीहरूले धारणा राखेका हुन्। सभामुख-उपसभामुख एउटै पार्टीको हुने, कार्यकारीबाट भएका कतिपय कानुन विपरीतका कार्य उल्टाउन नखोज्ने जस्ता कार्य अदालतबाट हुने गरेका छन्।

अदालतले केही क्षेत्रमा राम्रा फैसला पनि सुनाएको पनि छ। स्थानीय तहका पदाधिकारीले तलब लिन नपाउने, मौलिक हक कार्यान्वयनका विषयमा अदालतले दिएका आदेश र फैसला उच्च तहका हुने गरेका छन्। कोभिडको सन्दर्भमा नागरिकको बाच्न पाउने संविधानको हकका विषयमा सर्वोच्चले राम्रा आदेश गरेको छ।

संवैधानिका कानुन व्ययवसायी मञ्चको कार्यक्रममा बोल्दै वक्ताहरुले अधिकार रक्षा गर्ने र संविधान कार्यान्वयन गराउने दायित्व अदालतको भएको धारणा राखेका छन्। उनीहरूको भनाइ उनीहरूकै शब्दमा समावेश गर्ने प्रयत्न हामीले गरेका छौं। 

संविधानको कार्यान्वयनको समीक्षा गर्ने बेला भएको छैन : कुमार रेग्मी
संविधान जारी भएको ५ वर्ष भएको छ। संविधान कार्यन्वयनमा अघि बढेको समय छ। कतिपय विषयहरू नेतृत्वको सन्दर्भसँग जोडिएका पनि होलान्। संविधानले निर्देश गरेको बाटोमा व्यवस्थापिकाले कानून बनाएको छ कि छैन? सरकारले आफ्नो अधिकारअनूसार काम गरेको छ कि छैन। कतिपय अवस्थामा समाजमा जो कमजोर छन् उनीहरू अदालत पुग्न सकेका छैनन्। भारतकै उदाहरण हेर्ने हो भने भारतले पत्रपत्रिकामा आएकै आधारमा पनि फैसला गरेका उदाहरण छन्।

संविधानले बनाएका अगंहरू संघसंस्थाहरू देश र जनताको लागि हो। यी निकायहरू जनताको अधिकारको संरक्षणको लागि हुन्। राज्यले यो कुरा सुनिश्चित गर्ने पर्छ। संविधानमा सकारात्मक कुराहरू छन्। जनताका मौलिक हक, मानव अधिकार, सम्मानपूर्वक बाँच्न पाउने अधिकार संविधानका प्रमुख कुरा हुन्।  यी अधिकारहरु हरेक नागरिका अधिकार जोडिएका छन्। त्यो अधिकार राज्यले प्रत्येक व्यक्तिले सम्मानपूर्वक बाँच्नको निमित्त राजनीतिक स्वतन्त्रता, सम्पत्ति राख्न पाउने हकलगायतका कुराहरुको ग्यारेन्टी गर्नुपर्ने कुरा पनि गर्दछ।  

म संविधानको धारा १६ लाई अधिकारभित्रको पनिको पनि अधिकार भन्न रुचाउँछु। हाम्रो देशमा कसैलाई ख्याल नभएको र नहेरिएको विषय भनेको संविधानको भाग ४ राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व हुन्। यसमा हामीले आवश्यक र प्रयाप्त बहस गर्नै सकेनौं। भाग ३ र भाग ४ को सन्दर्भमा दुवैको उत्तिकै महत्व छ। ५ वर्षमा संविधान कार्यन्वयन जुन प्रकारले भएको छ त्यो सन्तोषप्रद नै मान्दछु। तर अहिले नै संविधान कार्यान्वयनको मूल्याङ्कन गर्ने बेला भएको छैन।

nimb
nimb
Ncell 2
Ncell 2

संविधानमा एकता, अखण्डता र सार्वभौमसत्ता अपरिर्वतनीय हुन् भनिएको छ। हाम्रो संविधानको अर्को राम्रो पक्ष यो पनि हो। योबाहेक अन्य कुरा परिवर्तनशील हुन्छन्। 

अदालतमा केही कमीकमजोरी भएका छन् यसलाई सुधार्नुपर्छ। अदालतमा भएका कमजोरीहरु सुधार हुनसक्ने कुरा हो। यस्ता छलफलहरु अदालतभन्दा पनि बाहिर गर्नुपर्छ। कति विषयहरु बोल्न नमिल्ने हुन्छ हामीले बोल्न नमिल्ने पनि हुन्छन्।

अदालतहरुमा व्यवस्थापनको समस्या देखिएको छ : सपना मल्ल प्रधान
संस्थागत रूपमा अदालतलाई प्रश्नहरू उठ्छन्। अदालतमाथि प्रश्न उठ्नु पनि पर्छ। कम अधिकार भएको सन्दर्भमा न्यायाधीशहरूले धेरै व्याख्या गरेको आरोप पनि लाग्ने गरेको छ। अहिले संविधानमा अधिकार तोकिएकाले न्यायालयले यसैको आधारमा निर्णय लिने गरेको  छौं। ५ वर्षमा ५ वटा त प्रधानन्याधीशको नेतृत्व पाएका छौं। केही प्रधानन्याधीशहरूमाथि अन्याय पनि भएको छ। एक प्रधान न्यायाधीशलाई त महाअभियोगसम्म दर्ता गरियो। व्यवस्थापिका र कार्यपालिकाबाट दबाब सिर्जना गर्ने यस्ता कार्य दुखद छन्।

अहिले कोरोनाको महामारी छ। देशभरका अदालतहरु बन्द गर्न बाध्य भयौं। यस्तो अवस्थामा जनताको अधिकार संकटमा पर्दा न्यायालयले हेर्न पाएको छैन। सम्भव भएसम्म बन्दीका मुद्दा संकटकै समयमा पनि सुनुवाई गरियो। अहिलेको अवस्थाले हामी कसरी अगाडि जाने भन्ने अन्योलता सिर्जना गरेको छ। हिजो प्राकृतिक विपत्तिले जटिल अवस्था बनाएको थियो अहिले कोरोनाले समस्या पारेको छ। अब हरेक क्षेत्र  डिजिटलाइजेसन हुनुपर्ने अवस्था आएको छ। हामीभित्रको अवरोधहरु कसरी हल गर्ने? थप ऊर्जासहित चूनौतीको सामाना गर्न सक्ने अवस्थामा हामी कसरी जाने भनेर सोच्नुपर्ने भएको छ।

अदालतमा हामीले जति गर्न सक्छौँ त्यति गर्न सकेका छैनौं। यो कुरा स्वीकार गर्नुपर्छ। अहिलेको ग्याप र अपेक्षा के हो भन्ने कुरा अब पहिल्याउनु पर्छ। त्यसलाई पहिल्याएर अघि बढ्ने अवसरको रुपमा पनि मैले हेरिरहेको छु। 

संवैधानिक इजालसको धेरै समय बस्न सकेको छैन। न्यायाधीश अभाव, अदालत खोल्न नसकिने जस्ता धेरै कारणले यो रोकिँदै आएको छ। संवैधानिक इजलासमा केही विवादहरु केन्द्र र प्रदेशका  सिमाना, नाम र अधिकारमा पनि रहेका छन्। यी विवाद छिटो संवैधानिक इजालसले निरुपण गर्नुपर्ने छ। संघीयतामा गइयो। तर सबै क्षेत्रमा न्यायपालिका राख्ने कुरा संविधानले प्रष्ट बोलेको छ। स्थानीय तहहरुमा न्यायिक अधिकार प्रयोग गर्ने भनिएको छ। त्यहाँ उपप्रमुखले त्यो अधिकार प्रयोग गर्न पाउने छन्।  

अहिले अदालतको हिसाबले भन्दा पनि वकिलहरु पनि अलि अध्ययन गरेर बहस गर्ने आउनु बन्नु पर्ने अवस्था छ। अर्काे कुरा उठ्यो, फैसला कागजको खोस्टामा बसेको छ। फैसला गर्नु मात्रै पर्याप्त होइन। हामीले फैसला कार्यान्वयनमा पनि ध्यान दिनुपर्ने भएको छ। 

अदालतको सुधारको कुरा गर्दाखेरि व्यवस्थापन हाम्रो फितलो भएकै हो। नेतृत्व भनेको व्यवस्थापन पनि हो। फैसलमा विवादको कुरा पनि आउने गरेका छन्। मेरो विचारमा चै सतही टिप्पणीभन्दा फैसलाको सही विश्लेषण गरेर लेखिनु पर्छ अनि आलोचना गरिनुपर्छ। कानूनको उलङ्घन गरेको कुनै सिद्धान्त राजनीतिबाट प्रभमवित हो कि? आर्थिक प्रलोभनमा परेको हो कि? भनेर आरोपमात्र लगाइनु हुँदैन। त्यसलाई सैद्धान्तिक रुपमा विश्लेषण गरेर गरिनुपर्छ। 

संवैधानिक इजालस कस्मेटिक पाराको भएको छ : टीकाराम भट्टराई
हाम्रो संविधानको मूल विषय जनताको मौलिक हक अनि न्यायपालिका ,र्कायपालिका, व्यवस्थापिकाले कसरी काम गर्छन् भन्ने हो। संविधानले यी कुराहरुलाई नै  लिड बनाएको छ। त्यस बाहिर कोही गरेको छैन। ५ वर्षको समयमा हामी यता उता गएको छैनौँ। मेरो विचारमा अहिलेसम्म संविधान रेलको लिकमै छ। तर दलहरु इमान्दार भएनन भने लिक बाहिर जाने धेरै समय लाग्दैन।

संविधान असफल हुने र सफल हुने कुरा राजनीतिक दलहरुमै भर पर्दछ। उनीहरुले जनताको अधिकार कत्तिको प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान्छन् अनि संविधान  पालनामा कति इमान्दार हुन्छन भन्ने कुराले यसको भविष्य निर्धारण गर्दछ। मेरो विचारमा अहिलेसम्म हाम्रो न्यायपालिका पनि संविधानको परिधी बाहिर गएको छैन। अदालतका फैसलाहरुमा २०४७ सालको संविधान पश्चात फरक राय लेख्ने प्रथाको अन्त्य भएको छ। २०६३ साल पछि त लेख्ने चलनै हराएको छ।

अमेरिका र भारतमा राय बजाउने प्रचलित चलन छ। हाम्रोमा केही न्यायाधीशहरुले लेख्न खोज्ने तर आदेश गर्न बाध्यता आइलागेको देखिन्छ। न्यायाधीशहरु खुला किताबका पानाहरु हुनुपर्छ। न्यायाधीशहरुको आचारण व्यवहार जनतास्तर  हेरिएको हुन्छ। न्यायको उपभोत्ताले हरेक न्यायाधीशहरुको फरक मत हेर्न चाहेका छन् त्यस्तै न्यायाधीशको  योग्यता देखाउने काम पनि हो। 

सर्वाेच्च र उच्च अदालत व्याख्या रचनात्मकभन्दा बढी यान्त्रिक हुने थालेका छन्। हामी चाहन्छौँ रचनात्मक भइदियोस्। संवैधानिक इजालस अझ धेरै यान्त्रिक भएका छन्।

सर्वाेच्च अदालत प्राविधिक यान्त्रिक मात्र नभएर न्यायको रोहबरमा न्यायमा जानुपर्छ। संवैधानिक इजालस कस्मेटिक पाराको भएको छ। यहाँ दर्ता भएका मध्ये ११ प्रतिशत फर्स्यौट भएको अवस्था छ। सर्वाेच्च अदालतलाई संघीयताअनुसार जान सकेको छैन।   

न्यायको सहज पहुँच, आधारभूत तहको जनताको मुद्दा ढिलो छिनिने, न्याय महगों भए जस्तो छ अनुभव भइरहेको छ। यो प्रश्नको वर्गाीय रुपमा न्यायलाई हेरिएको छैन। यो आरोप मात्र अहिलेको अवस्थामा होइन। यसमा न्यायलयले सोच्नै पर्छ। 

समावेशिता यान्त्रिक भएको छ। राम्रा फैसला पनि जुनियरले गरेको फैसला नमान्ने  परम्परा देखिएको छ। 

(संवैधानिक कानुन व्यवसायी मञ्चको कार्यक्रममा व्यक्त धार‌णाको सम्पादित अंश)

प्रकाशित मिति: शनिबार, असोज ३, २०७७  १७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित छन् : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री खनालले गराए भारत भ्रमणबारे संसद्लाई जानकारी, हर्क साम्पाङले जनाए आपत्ति
इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन भइरहेकाले ममाथि हिलो छ्यापियो : अर्थमन्त्री वाग्ले
सम्बन्धित सामग्री
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा ०५८ जेठ १९ गते राति दरबारमा हत्याकाण्ड भएको थियो। राजदरबारको 'अति सुरक्षित' स्थलमा तत... बुधबार, जेठ २७, २०८३
परीक्षार्थीको विरोध र झडपपछि इजरायल जाने भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित परीक्षा व्यवस्थापनमा प्रश्न उठाउँदै परीक्षार्थीहरूले विरोध गरेपछि अंग्रेजी भाषा परीक्षा अर्को सूचना नआउन्जेल सम्मका लागि स्थगित गरिए... बुधबार, जेठ २७, २०८३
१० बुँदे सम्झौता कार्यान्वयन माग गर्दै रास्वपा कार्यालय अगाडि जेन जेडको धर्ना र नाराबाजी प्रदर्शनकारीहरूले सरकारसँग भएको १० बुँदे सहमतिलाई तत्काल कार्यान्वयन गर्नुपर्ने, आन्दोलनका क्रममा घाइते तथा शहीद भएका व्यक्तिहरूको उ... मंगलबार, जेठ २६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित छन् : परराष्ट्रमन्त्री बुधबार, जेठ २७, २०८३
परराष्ट्रमन्त्री खनालले गराए भारत भ्रमणबारे संसद्लाई जानकारी, हर्क साम्पाङले जनाए आपत्ति बुधबार, जेठ २७, २०८३
इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन भइरहेकाले ममाथि हिलो छ्यापियो : अर्थमन्त्री वाग्ले बुधबार, जेठ २७, २०८३
प्रतिपक्षीद्वारा प्रधानमन्त्रीको लिखित स्टेटमेन्ट माग बुधबार, जेठ २७, २०८३
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो बुधबार, जेठ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
कांग्रेसले संसदमा किन गर्‍यो पाँच मिनेट माैनधारण ? मंगलबार, जेठ २६, २०८३
यि हुन् मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्