काठमाडौं- निजी सुरक्षागार्डलाई कोरोना भाइरसको संक्रमण भएपछि ऊर्जामन्त्री वर्षमान पुन ५ दिन क्वारेन्टाइनमा बस्ने भएका छन्। उनी आफ्नै निवासमा क्वारेन्टाइनमा बस्ने तयारीमा रहेको मन्त्री पुनका प्रेस संयाेजक दयानिधि भट्टले जानकारी दिए।
केही दिनअघि उनका सुरक्षागार्डको कोरोना भाइरस परीक्षणका लागि स्बाब संकलन गरिएको थियो। सो स्वाबको रिपोर्ट शुक्रबार आएको हो।
शुक्रबार आएको रिपोर्टमा एक जना सुरक्षागार्डलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।