काठमाडौं- पछिल्लो २४ घण्टामा १२४३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो कुल संक्रमितको ७२ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ।
नेपालमा पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टायता थप १ हजार २४६ नयाँ संक्रमित थपिएका छन्। योसहित हालसम्म ५९ हजार ५७३ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १६ हजार २४१ जना सक्रिय संक्रमित छन् भने ७ हजार ९०३ जना संस्थागत आइसोलेसनमा छन्। हाल होम आइसोलेसनमा ८ हजार ३३८ जना छन्।
पछिल्लो २४ घण्टामा १० हजार ६४१ जनाको परीक्षण भएको छ। योसहित हालसम्म ८ लाख ८२ हजार ९१५ जनाको परीक्षण भएको छ।
हाल क्वारेन्टाइनमा ७ हजार ८८३ जना छन्। पछिल्लो २४ घण्टामा १२४३ जना निको भएका छन् भने हालसम्म ४२ हजार ९४९ जना निको भएका छन् । यो कुल संक्रमितको ७२ प्रतिशत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।