कोरोना संक्रमित राखिने आइसोलेसन बेड।
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लाको संख्या ८ छ भने ५ जिल्लामा सक्रिय संक्रमित छैनन्। प्रदेश १ को सोलुखुम्बु, गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको मुगु, डोल्पा र हुम्लामा सक्रिय संक्रमितको संख्या शून्य रहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ को सुनसरीमा ५४१ र मोरङमा ७०५ जना सक्रिय संक्रमित रहेका छन्।
प्रदेश २ को सिरहामा ६९९ जना तथा बागमती प्रदेशको काठमाडौंमा १ हजार ९०५, भक्तपुरमा ५०५, चितवनमा ५४२ र मकवानपुरमा ५५२ जना सक्रिय संक्रमित रहेका छन्।
प्रदेश ५ को रुपन्देहीमा ७१० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
बुधबार, देशभर १ हजार ५ सय ३९ नयाँ कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमित हुनेको संख्या ५८ हजार ३ सय २७ पुगेको छ। बुधबार १ हजार ६८ जना डिस्चार्ज भएका छन्। हालसम्म ४१ हजा ७ सय ६ व्यक्ति संक्रमण मुक्त भई डिस्चार्ज भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।