• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

पार्टीको स्थायी कमिटीले पास गरेको प्रतिवेदन मैले पढ्न पाएको छैन : माधवकुमार नेपाल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, भदौ ३१, २०७७  १८:५७
1140x725

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा गत वैशाखदेखि जारी विवाद साउनमा उत्कर्षमा पुगेको थियो। भदौ २६ गतेको स्थायी कमिटी बैठकले विवादको विर्सजन गरिदिएको छ। लामो विवादमा एक पक्षको नेतृत्व केपी शर्माा ओलीले गरेका थिए भने अर्को पक्षको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले गरेका थिए। तर, पछिल्लो समय ओली र प्रचण्डबीच समझदारी जुटेपछि विवाद निरूपण भएको हो। योसँगै पार्टी फुटको सम्भावना तत्काललाई टरेको छ। यिनै विषयमा केन्द्रित रहेर नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग गरिएको कुराकानीको सम्पादित अंश:-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीले लामो समयदेखिको विवाद समाधान गरेको छ। तर पनि विभिन्न नेताहरूका अभिव्यक्तिबाट अझै पूर्ण रूपमा समाधान भएको भने देखिँदैन। के अझै पनि बेमेल रहेको अवस्था हो? 
सधैंभर हाम्रो प्रयास पार्टीलाई ट्र्याकमा ल्याउने, अगाडि बढाउने, गति प्रधान गर्ने र अधिकतम उद्देश्यलाई साकार पार्न अधिकतम उपलब्धि हासिल गर्ने त्यो नै हाम्रो प्रयत्न हुनुपर्दछ। नभए संगठन नामको चिजको अर्थ र औचित्य रहँदैन। पार्टी नामको चिजको अर्थ र औचित्य रहँदैन। त्यसैले हामीले केही धेरै छलफल बहसपछि एउटा सहमतिको बुँदा अगाडि सारेका छौं।

सहमतिका बुँदाहरूभित्र पनि कतिपय कुरामा अझै ज्यादै जोड दिनका लागि मैले पनि १७ बुँदा भनौं वा ६१ बुँदा भनौं त्यसलाई पनि मैले प्रस्तुत गरेको छु। जसले गर्दाखेरी केही कुराहरुमा ध्यान जान सकोस्। पार्टीका कमरेडहरूले स्थायी कमिटीका सदस्यहरूले लिखित रुपमा वा मौखिक रुपमा आफ्ना कुराहरु वा सुझावहरु राख्नुभएको छ। ती सबै चिजलाई सचिवालयका सदस्य कमरेडले पनि राख्नुभएको छ। त्यो सबै चिजहरूलाई ध्यानमा राखेर पार्टी अवश्य पनि अगाडि बढ्नुपर्छ। त्योबाहेक कुनै अर्को विकल्प छैन। 

तपाईंले राखेका विषयलाई सुझाव भन्ने कि फरक मत भन्ने?
सुझाव भनौं, त्यो फरक मत होइन। छलफल बहस भइसकेपछि कसैको सहमति छैन भन्यो भने फरक मत हुन्छ। त्यहाँ फरक मत राख्नुपर्ने कुनै चिज छैन। पार्टीको सिद्धान्तसँग र पार्टीको विधानसँग मेल खाने कुरा नै छ। त्यस अनुरुपकै कुराहरू छन्। पार्टीको सिद्धान्तसँग पनि, पार्टीको राजनीतिसँग पनि, पार्टीको विचारसँग पनि, पार्टीको विधानसँग पनि र पार्टीले अगाडि सारेका मूल्य र मान्यताहरूसँग पनि मेल खान्छ भने त्यसमा कसैले आपत्ति गर्नुपर्ने कुरा मलाई लाग्दैन। 

असार १० गते बालुवाटार छिर्दैगर्दा जुन विमति थियो भदौ २६ गते बाहिर निस्कँदा ती अब निमिट्यान्न भएका हुन्?
अब निमिट्यान्न पार्नुपर्छ भन्ने मान्यताबाट अगाडि बढेका हौं। 

अहिले देखिएको नीतिमा समस्या हो कि नियतमा हो?
नीतिमा समस्या होइन। नीतिलाई आत्मसात गर्ने कुरामा, विचारलाई आत्मसाथ गर्ने कुरामा र विचारलाई तदनुकुल व्यवहारमा लागू गर्ने कुरामा देखा परेका समस्या हुन्। 

अब अहिले जुन सहमतिको दस्तावेज बनेको छ, त्यसलाई अक्षरसः पालना गरेर जानुपर्ने हो?
सहमतिको दस्तावेज भनिएको छ। पार्टीको स्थायी कमिटीले पास गरेको छ। त्यो मैले सबै पढ्न पाएको छैन। हामीले पाएकोमा मैले केही टिप्पणीहरु गरे। सबैका सुझाव त्यहाँ समेटिए वा समेटिएनन्। मैले हिजो मात्रै प्रिन्टआउट कपी पाएको छु। अब त्यसलाई मैले सबै पढ्नुपर्नेछ। त्यो पढिसकेपछि मात्रै त्यसबारेमा अन्तिम राय बन्नेछ। अहिले के भन्न सकिन्छ भने त्यही अनुसारले आएको होला भन्ने ठानेर त्यसलाई मैले सकारात्मक रुपमा लिएको छु। 

अहिले नेताहरूको जिम्मेवारीलगायतका विविध कुराहरू पनि आएका छन्। वरिष्ठ नेताहरूदेखि तलसम्मका नेताकार्यकर्ताहरूको जिम्मेवारी बाँडफाँडबारे यहाँले केही सोच्नुभएको छ?
जिम्मेवारीको बारेमा त मेरो धारणा स्पस्ट छ। जस्तो पोलिटब्युरो बनाउनुपर्‍यो भने पहिले त मान्छेलाई संगठित गर्नुपर्‍यो। संगठित गरेपछि बल्ल जिम्मेवारी दिन पर्‍यो। संगठित नै गर्नुभएको छैन भने के जिम्मा दिनुहुन्छ। त्यसलाई कमिटीमा आबद्ध गर्नुपर्‍यो। सदस्यता दिने कुरा संगठित होइन। त्यसलाई संगठनमा आवद्ध गर्ने कुरालाई नै संगठित भनिन्छ। अनि संगठन भइसकेपछि कामको जिम्मेवारी हुन्छ। अनि मात्र उसको कामको जिम्मेवारी तय हुन्छ र त्यसको व्याख्याहरु गरिनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

जहाँसम्म कुरा के छ भने पोलिटब्युरो बनाउनुपर्‍यो के कसरी बनाउने। जसरी केन्द्रीय कमिटीको गठन भएको थियो त्यसरी नै गर्ने हो। केन्द्रीय कमिटीको गठन कसरी गरिएको थियो भने विद्यमान केन्द्रीय कमिटीका सदस्यहरु यथावत् नयाँ केन्द्रीय कमिटीमा बस्ने। मान्यता के थियो भने पुरानो केन्द्रीय कमिटीको संख्याको आकार ठूलो छ भने संख्या घटाउँदाखेरी वरिष्ठहरूले प्राथमिकता पाउने। पूर्व एमालेमा समस्या भएन किनभने २ सयको संख्या थियो। अनि हाम्रो गर्दा २ सय ४२ हुन पुग्यो। भनेपछि २ सय यथावत रहने भए।

पूर्व माओवादी भित्र के भयो भन्दा संख्या निकै ठूलो थियो। त्यो ठूलो संख्याबाट छाँटेर ल्याउनुपर्ने भयो। २ सय पूर्व एमालेको राख्यौं भने २ सय उता दिऔं र बाँकी ४१ जना थपेर ६० र ४० प्रतिशतको मोटामोटी रेसियो तय गरौं भनेर तय भएको थियो। त्यसअनुसार २ सय उहाँहरुले छानेर ल्याउनुभयो त्यसमा हामीलाई जानकारी हुने कुरा भएन। किनभने एकीकृत भइसकेपछि बल्ल कार्यकर्ताहरुको जानकारी हुन्छ र उनीहरुको बारेमा उचित मूल्याङ्कन भयो भएन भन्ने कुरामा हामी सबैको ध्यान जान सक्दछ। मेरो ध्यान कहाँ जाने भयो भन्दा पूर्व एमालेमा जाने भयो। त्यसो हुँदा हाम्रो २ सयको यथावत भयो। ४१ वटा गर्दाखेरी कतिपय मिले कतिपय मिलेन। तर पनि एउटा अवस्थामा हामीले मिल्यौं। 

अब त्यसपछिको अवस्थामा पोलिटब्युरो कसरी गर्ने भन्दा यसअघिका पोलिटब्युरोमा जो सदस्य भइआएका छन्। नवौं महाधिवेशनबाट जितेका र महाधिवेशनपछि पोलिटब्युरो सदस्य नभएका तर विगतमा निर्वाचित भएकाहरुको संख्या कति छ त्यो हेरौं। त्यो संख्या भन्दा बढी नै संख्या चाहिन्छ होला। जस्तो मानिलिऔं ४ सय ४१ जनाको केन्द्रीय कमिटी छ र त्यसको एक तिहाई १ सय ३७ हुन्छ भने अथवा १ सय ३८ हुन्छ भने त्यो १ सय ३८ मा दुवैतिर हिसाब गरौं र त्यसपछि पूर्व एमाले तर्फ यति संख्या राख्ने र पूर्व माओवादी तर्फ यति संख्या राख्ने भन्ने हुन्छ। एकीकरण नभएसम्म त्यो संख्यामा जानुपर्‍यो। एकीकरण भइसकेपछि भाग लगाउने भन्ने हुँदैन। एकीकरण भइसकेपछि एउटै पार्टी भयो। 

त्यसो भए एकीकरणको अन्तिम रुप एकीकृत महाधिवेशन नै हो?
त्यो महाधिवेशन भनेको के हो भन्दा त्यतिबेला एकीकृत पार्टी भइसक्यो। एकीकृत पार्टीको महाधिवेशन हो त्यो। अब नेकपा भनेपछि एकीकृत पार्टी हो। त्यहाँ अब कुनै किसिमको भेदभाव भन्ने कुरा आउँदैन। अब सबै समान भए। अब यहाँ रेसियोको कुरा आउँदैन। त्यसो भएको हुनाले पोलिटव्युरोको साथमा पुरानाहरुको हक स्वतः हुने भयो। नयाँको हकमा पनि मापदण्ड तय गर्ने, कति पटक केन्द्रीय कमिटीको सदस्य भए।

Xtrem

Xtrem

सबैभन्दा बढी सदस्य भएको छ उसले पहिलो प्राथमिकता पाउने। दुईचोटी भएकोले दोस्रो प्राथमिकता पाउने। या पाहिलो चोटी भएकाहरु मध्येबाट पनि पुरानो इतिहासलाई हेरिकन र त्यसको मूल्याङ्कन गरेर तय गर्ने भएपछि विवाद साँघुरिने भयो। मानिलिऔं १०० गर्नुछ भने ९० प्रतिशतमा विवाद भएन १० प्रतिशतको बारेमा क्लियर मापदण्ड बनाउदै गर्न सकिन्छ। 

समस्या समाधान गर्ने तरिकामा वैज्ञानिक विधि अपनाउनुपर्‍यो नि! त्यो वैज्ञानिक विधिको पक्षमा म छु। वैज्ञानिक तरिका अपनाइसकेपछि मान्छेलाई चित्त बुझ्छ। यो पार्टीको हकमा पनि लागू हुन्छ र राज्यको हकमा पनि लागू हुन्छ। राज्यको हकमा जब अन्तरवार्ता लिइन्छ, तब मनोगत गरिन्छ। अन्तर्वार्तामा पनि मनोगत गर्नका लागि प्रणाली विकास भइसकेको छ। अब्जेटिभ प्रश्न सोध्ने र त्यसको जवाफ के आयो भन्ने कुरा कम्प्युटरले क्लियर गरिदिन्छ। मनोगत हुँदैन। हामीकोमा मनोगत राख्ने बानी पनि रहने गरेको छ।

कुनै पनि व्यक्ति कसरी आएको छ त्यो इम्प्रेसनको पक्ष पनि हुन्छ, त्यो त दिनु पनि पर्छ। तर त्यो न्यूनतम दिनुपर्छ। किनभने उसले पनि काखा र पाखा गर्नसक्दछ। मेरो नजिक वा टाढा ठान्न सक्दछ। त्यसो भएको हुनाले यसलाई पनि संसारमा अपनाइएका वैज्ञानिक विधि त्यो हामी पनि अपनाऔं। यो राज्यको हकमा पनि म भन्दैछु। राज्यलाई पनि चलाउने कम्युनिस्ट पार्टी त झन ज्यादा वैज्ञानिक तरिकाले अगाडि बढ्नुपर्‍यो। जब हामी आफ्नो आचरणमा ठीक भयौं भने समाजलाई राम्रो स्थापित गर्न सक्छौं। जब हामी पार्टी ठीक ढंगले सञ्चालन गर्न सक्यौं भने राज्य पनि राम्ररी सञ्चालन गर्न सक्छ। अनि पार्टीभित्र न्याय दिन सक्यो भने मात्रै राज्यलाई न्याय दिन सक्छ। अनि मात्रै राज्यमा रहेका सबै नागरिकहरुले यो महसुस गर्छन कि ममाथि अन्याय हुनेछैन। मैले न्याय पाउने छु र अन्यायको अन्त्य हुनेछ भन्ने हुन्छ। 

त्यसैले मैले पोलिटब्युरोको कुरा गरें, त्यसैगरी अरु निकायको कुरा पनि त्यही ढंगले गर्दछ। विगतमा भएका त्रुटिहरु सच्याउनुपर्दछ। विगतमा सदस्य नभएका व्यक्तिलाई बनाइएको छ, प्रदेशको समितिको सदस्य। मापदण्ड पुग्दै नपुग्ने मान्छेलाई बनाइएको छ। सिनियर मान्छेलाई हटाइएको छ। प्रदेश कमिटीको हकमा र जिल्ला कमिटीको हकमा त्यस्तो देखिएको छ। यसबाहेक पार्टी सदस्यतालाई पनि अपडेट गर्नुपर्‍यो। दुईवटा पुराना पार्टीको सदस्यतालाई पनि एकीकरण गर्नुपर्‍यो। दुईवटैलाई नवीकरण गर्नुपर्‍यो। त्यसबाहेक पार्टीका सम्पत्तिहरु छन्, कार्यालयहरु छन्। संसदीय दल छ। दललाई मिलाउनु पर्‍यो। दलका सदस्यहरु एउटै ठाउँमा आउनुपर्‍यो। अहिले अलगअलग दुइवटा दलमा जाने गरेको छ। हिजो भएको खर्चको हिसाबकिताब लिनुपर्‍यो। 

त्यसो भए पार्टी भावनात्मक रुपमा अझै एक हुन नसकेको हो ? 
भावनात्मक रुपमा त एक गर्दै गर्दै जानुपर्छ। त्यसको निम्ति माथिबाट नै प्रयत्न गर्दै गर्दै जानुपर्छ। अनि कमिटी प्रणालीमा आवद्ध हुने बित्तिकै भइहाल्छ। पूर्व दुईवटै पार्टीले पहिलो चोटी एकता गरेर आएका होइनन्। यसमा पनि पूर्व एमालेको कुरा गर्नुहुन्छ भने एकताको हिसाब गर्दै जानुपर्छ कतिवटा समूहलाई गरियो तपाईंहरु पनि खोज्नुहोला। दर्जनौं सानासाना समूहहरुसँग एकतावद्ध हुँदै र गर्दै आएका छौं। एकताबद्ध भएको पार्टीभित्र पनि विभाजन भएर फेरि त्यसलाई पनि मिलाएर अगाडि बढेका छौं। त्यसैले यसका निम्ति धेरै लामो अभ्यास भइसकेको हुनाले हामीले अब एउटा निचोड निकालेर अगाडि बढ्नुपर्ने कुरा मात्रै हो। समस्या छैन त्यसो हुनाले ‘जहाँ चाहा त्यहाँ राहा’ इच्छा हुनुपर्‍यो उपाय निस्किन्छ। 

अस्तिको बैठकबाट सरकार सञ्चालनमा पार्टीले सहयोग गर्ने अथवा सरकारले पार्टीसँग निरन्तर परामर्श गर्ने भन्ने छ। जिम्मेवारी हेरफेरको कुरा पनि आएको छ। मुख्य मन्त्री अथवा मन्त्रिमण्डल हेरफेरको विषयमा यहाँको टिप्पणी के छ ?
अव त गर्नुपर्‍यो नी। एक व्यक्ति एक जिम्मेवारी भन्ने कुरा त तलसम्म लागू गर्नुपर्‍यो। नभए उही व्यक्ति मेयर छ र उही व्यक्ति त्यहाँको प्रमुख छ। उसलाई कामको जिम्मेवारी दिइएको छ अनि उसको कामको अनुगमन गर्ने ठाउँमा पनि आफै बसेको छ। अनुगमन पनि आफै गर्दैछ लागूपनि आफै गर्दैछ। त्यसमा चेक एण्ड ब्यालेनसको सिस्टममा न जाने हो। कम्युनिस्ट पार्टी भित्र पनि चेक एण्ड ब्यालेन्सको सिस्टम हुनुपर्दछ। पार्टीमा दुईवटा अध्यक्ष भएको हुनाले सजिलो भयो। नभए दुईवटा जिम्मेवारी दिनुपर्ने स्थिति बन्छ।

किनभने एउटा पार्टीमा एउटा अध्यक्ष हुने भएको हुनाले प्राय त्यस्तो अवस्थामा अर्कोलाई जिम्मा दिने गर्छौं। त्यही गरेका पनि छौं विगतमा २०५१ सालमा हामीले उपमहासचिव पदको सिर्जना गरेर संगठन चलाउने कामको जिम्मा दिएका थियौं। अहिले त माथिको हकमा त्यस्तो समस्या भएन्। तलपनि कार्यकर्ताहरु धेरै छन समस्या त छैन मान्छेहरु नहुँदा पो सबै जिम्मेवारी एउटै मान्छेलाई दिउँ भन्ने हुन्थ्यो। अव त यहाँ यतिधेरै नेताहरु हुनुहुन्छ की यति धेरै अनुभव प्राप्त भएका व्यक्तिहरु हुनुहुन्छ की यहाँ जिम्मेवारी दिने मान्छेको अभाव छैन। 

अस्तिको निर्णयअनुसार कार्यकारी अध्यक्षको जिम्मा पुष्पकमल दाहाललाई दिइसकेपछि एक व्यक्ति एक पदको सुरुवात भएको भन्न सकिन्छ हो?
एक व्यक्ति एक प्रमुख जिम्मेवारीको कुरामा मोटामोटी भन्न सकिन्छ। माथि केन्द्रमा लागू भएको मान्नुपर्छ। 

त्यसो भए त्यही आधारमा मन्त्रिमण्डलदेखि लिएर प्रदेश हुँदै तल्लो इकाई सबैमा त्यही पद्धति अवलम्बन हुन्छ ? 
त्यो हुनुपर्छ जस्तो कुनै एउटै व्यक्ति कुनै मन्त्रालयको मन्त्री छ उसैलाई पार्टीको विभागको प्रमुख बनाइसकेपछि उसमाथि अनुगमन हुने कसरी ? उसको कामको निगरानी गर्ने कसरी ? उसलाई दिने सुझाव कसरी ? किन भने उ आफै छ त्यहाँ। उसको मानसिकता कस्तो हुन्छ भने मैले राम्रो गरेको छु। राम्रोबाट सुरु गर्छ। अरु व्यक्ति सबै पूर्वाग्राही त हुँदैनन नी अरुले पाउने वित्तीकै नराम्रो गरेको छ बाट सुरु त गर्दैन। त्यस्तो उद्देश्य छ कोही मान्छेको भने त्यो व्यक्तिगत कमजोरी हुन्छ। किनभने नकारात्मक सोचबाट मात्रै चल्न हुँदैन्। व्यक्तिमा रहेका राम्रा कुराहरुलाई पहिले हेर्नुपर्छ। गरिएका राम्रा कुरालाई पहिले ध्यानमा राख्नुपर्छ। हुन गएका कमी कमजोरीहरु पनि मित्रतापूर्ण ढंगले मित्रवत तरिकाले देखाउनुपर्छ सुधार्नु उद्देश्यका साथ तर ध्वस्त पार्ने उद्देश्यले होइन, बदनाम गर्ने उद्देश्यले होइन। सुधार्ने उद्देश्यका साथ आफ्नो कुराहरु बताउनु सक्नुपर्छ। 

अस्तिको बैठकबाट महाधिवेशनको मिति तय गर्नुभएको छ। निर्धारित समयमा महाधिवेशन हुने सम्भावना कत्तिको देख्नुहुन्छ ? 
अस्ति मात्रै मिति तय गरेको होइन। पहिल्यै तय गरेका हौं। पहिले नै हामीले महाधिवेशन चैतमा गर्ने तय गरेका हौं। त्यो भन्दा पहिले २०७६ को अन्त्यमा गर्ने की भन्ने कुरा थियो। २०७६ को अन्त्यमा गर्न नसकेपछि २०७७ को अन्त्यमा लगेको हो। त्यसो भएको हुनाले यो मिति अहिले तय गरेको होइन्। यो मितिमा फेरी जोड दिइएको छ। त्यसको निम्ति हाम्रो सबै योजनाहरु बन्छ। कार्ययोजनाहरु मोटामोटी रुपमा बनेका पनि छन्। संगठन विभागलाई कामको जिम्मा दिइएको पनि छ। संगठन विभागको काम नै मुख्य काम हुन्छ। त्यसमध्ये पहिलो कुरा भनेको सदस्यता सम्बन्धि समस्या नै सबैभन्दा ठूलो समस्या हो। दोस्रो भनेको विभिन्न तहका कमिटीहरुको अधिवेसन गर्ने वा नेतृत्को चयन गर्ने कुरा हुनेछ। तेस्रो दस्तावेजको तयारी गर्ने कुरा हुनेछ। दस्तावेज गर्दा राजनीतिक प्रतिवेदनमा गहन छलफल र बहस होला। समाजवादको नेपाली मोडल के हुन सक्दछ भन्ने दस्तावेज पनि तयार हुनसक्ला। विधानमा कस्तो बन्दोबस्त गर्ने, कतिवटा पद राख्ने, के कति वटा तह राख्ने, संख्या वा आकार कति गर्ने। 

४ सय ४१ जना केन्द्रीय कमिटी जम्बो बनाउन हुँदैन भन्ने सबैलाई लागेको पनि छ। त्यो व्यवहारिक पनि हुँदैन्। हाम्रो देशमा गर्नुपर्‍यो भनेपनि हलमा पनि ती मान्छे अटदैनन्। यो कोरोना नहुँदाखेरी पनि अटदैनन्। अब चीन जस्तो देशमा बिसाल पार्टीको केन्द्रीय कमिटीको संख्या २ सय छ। त्यहाँ पार्टी सदस्यको संख्या ९ करोड छ। हाम्रो सिंगो देशको जनसंख्या भनेको ३ करोड हो। हाम्रो पार्टी सदस्यमा हामीले अनुमान गरिरहेको ८ लाख हो। ८ लाखमा रेसियो निकाल्ने हो भने कति कम हुन्छ। भारतकै पार्टीको हेर्ने हो भने केन्द्रीय कमिटी कत्रो छ र ? पोलिटव्यरो कत्रो छ र ? ता की पार्टी सदस्यता संख्या नेपालमा भन्दा ठूलो छ त्यहाँ। त्यस्तो अवस्थामा हामीले संख्यालाई घटाउनै पर्छ। 

जुन पार्टीको टाउको ठूलो छ त्यो पार्टी सुक्न थाल्यो भनेर बुझ्न थाले हुन्छ। टाउको ठूलो भुँडी ठूलो भयो भने त्यो मान्छे रोगी हो भनेर बुझ्नुभए हुन्छ। जसको जिउ पातलो छ, टाउको पनि ठिक्क छ, दिमाग सफा छ, र खुट्टा बलियो छ भने त्यसले जस्तो सुकै जिम्मेवारी बहन गर्न सक्छ। चुनौतीको सामना गर्न सक्छ। पार्टीको हकमा पनि त्यही लागू हुन्छ। पार्टीका दुईवटै खुट्टा र हात दह्रो हुनुपर्‍यो, जिउ सिलिम हुनुपर्‍यो, कमिटीहरु सिलिम हुनुपर्‍यो। एकदम क्षमतावान मान्छेहरु आउनुपर्‍यो। तल जनताको बिचमा फैलिन पर्‍यो। घर बनाउँदा तलको जगलाई बलियो बनाइसकेपछि भूइचालो गएपनि त्यसले सामना गर्छ त्यस्तै यो पार्टीको जग बलियो बनाउने हिसाबले हामी जनुपर्दछ। 

आन्दोलनलाई पार्टीलाई नयाँ उचाईमा नयाँ चरणमा पुर्‍याउने हो। पार्टी बाँच्नु छ आन्दोलनबाट। आन्दोलन गर्न सकेन भने, संघर्षमा उत्रिन सकेन भने, जनतासँग गासिन सकेन भने, जनताको दुःखको साथि हुन सकेन भने र जनताको पिर मर्काको बेलामा सहयोगी हुँदैन भने त्यो पार्टी जनताको लोकप्रिय पार्टी हुन सक्दैन्। यो एकातिर पार्टी संगठनको क्रियाशिलताको अवश्यकता पर्छ भने पार्टीले जिम्मेवारी प्राप्त गरेको ठाउँको परिणाम राम्रो गर्न सक्नुपर्दछ। के जनताले पत्याएर विश्वास गरेर जिम्मेवारी प्रदान गरेका छन् ? त्यो जिम्मेवारीलाई योग्यताका साथ, क्षमताका साथ कार्यकुशलताका साथ, स्वच्छताका साथ, निस्पक्षताका साथ र छिटो छरितो रुपमा परिणाममुखि हिसाबबाट, परिणाम दिने हिसाबका साथ गर्नुसक्यो भने जनताको मन जित्न सक्छ। विश्वास जित्न सक्दछ र पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन सकिन्छ। 

दुई अध्यक्षतात्मक व्यवस्था महाधिवेशनसम्म मात्रै हो कि एकल अध्यक्षमा जाने निश्चित भइसकेको छ ? 
अब त्यो हामीले छलफल गर्नै बाँकी छ। त्यसमा हामी प्रवेश गरेका छैनौं। हामी उपाध्यक्ष राख्ने कि नराख्ने राख्ने हो भने कतिवटा राख्ने, महासचिवको के हुन्छ, उपमहासचिव राख्ने की नराख्ने, सचिवको के गर्ने, त्यस्तै स्थायी कमिटी कत्रो बनाउने, सचिवालय राख्ने की नराख्ने, केन्द्रीय कमिटीको आकार कत्रो गर्ने, प्रदेश कमिटीको आकार कत्रो गर्ने, प्रदेश भित्रका कमिटीहरु कत्रो बनाउँदै जाने, जिल्ला कमिटीको आकार कत्रो बनाउने, जनवर्गिय संगठनको संख्या पार्टीले निर्देशन दिएर हुन सक्दछ, पार्टीको विभागहरुको संख्या कत्रो बनाउने, कतिवटा विभागहरु राख्ने सबै बिधानले तय गर्ने स्थिति रहन्छ। भनेपछि यो सबै कुराको निम्ति हामीले महाधिवेशनको बेलामा विधानको बारेमा छलफल गरेर टुंगो लगाउँछौं। 

महाधिवेशनमा यहाँको नेतृत्वमा दाबी रहने चर्चा पनि चलेको छ नि?  
अब यो सबै आइसकेको छैन। त्यसो हुनाले म नेतृत्वमा दावी गर्ने की नगर्ने यो पिरलो म मा छैन। मेरो के हुने हो, बर्बाद पो हुने भो म त्यस्तो कदको मन्छो होइन। कामको आवस्यकताले मैले कहाँ जिम्मेवारी पाउने हुँ वा पार्टी कार्यकर्ताहरुले मलाई कुन हिसाबले भन्ने हुन त्यसको आधारमा र नेतृत्वको बिचमा कस्तो सहमति हुन्छ त्यसको आधारमा टुंगो लाग्छ। 

पूर्व एमाले हुँदा अथवा पूर्व माओवादी हुँदा विशेष गरी कम्युनिस्ट पार्टीमा दुईवटा नेता मिलेर अर्कोलाई चेपुवामा पारिन्छ भन्ने कुराको गुनासो आउने गर्थ्यो।

अहिलेको नेकपामा पनि त्यस्तै अवस्था हो? 
त्यस्तो हुँदै आएको छ र? छैन। त्यस्तो भएको छैन। त्यस्तो हुँदै आएको छैन। किनभने हामी हिजो चेपुवामा पार्ने तरिकाले हामी कहिले पनि गइराखेका छैनौं। हामीहरु सबैका योग्यता क्षमताहरु के छन किन भने कम्युनिटी प्रणालीमा गइसकेपछि समस्या हुँदैन्। त्यहिं छलफल हुन्छ व्यक्तिको बारेमा कमी कमजोरी छन भने आलोचना त्यहिं हुन्छ। कमजोरी सुधार्नका लागि आत्मआलोचना पनि त्यहिं हुन्छ। आपसमा कुनै अन्तरविरोध छन भने ती पनि बसेर छलफल गर्न सकिन्छ। तर हामी सबैभन्दा बढी के कुरामा विश्वास गर्छौं भने सामुहिकतामा विश्वास गर्छौं। हामी कमिटी प्रणालीमा विश्वास गर्छौं। हामी कम्युनिस्ट आचरणमा विश्वास गर्छौं। कम्युनिस्ट तौर तरिकामा विश्वास गर्छौं। कम्युनिस्ट तौर तरिका भनेको बैज्ञानिक तौरतरिका हो। जनतासँग जोडिने तौरतरिका हो। जनताको मन र विश्वास जित्ने तौरतरिका हो। 

हाम्रो पहिलो फोकस जहिले पनि देश भक्तिको भावना हुन्छ। हामी नेपाली हौं यो नेपाली स्वाभिमानको भावना सबैभन्दा बढी यो समाजमा कुनै पार्टीले बोकेको छ भने त्यो कम्युनिस्ट पार्टीले मात्रै बोकेको छ। त्यस हुनाले कम्युनिस्ट पार्टीको देश भक्तिको, पार्टीका कार्यकर्ताको देशभक्ति माथि कसैले पनि प्रश्न खडा गर्दैन बरु आशा, अपेक्षा र विश्वास गरिरहेका हुन्छन्। 

कम्युनिस्ट पार्टीले जनतालाई केन्द्र विन्दुमा राख्दछ। जुन कम्युनिस्ट पार्टीलेजनतालाई केन्द्विन्दुमा राख्यो, जसले जनताको मन जित्यो, विश्वास जित्यो, जनतामा पनि गरिब निमुखा, असाहय, अन्याय, अत्याचार थिचोमिचोमा परेकाहरु, विभेदमा परेकाहरुको पक्षमा छ र आम जनताको जीवनलाई परिवर्तन गर्ने समाजलाई रुपमान्तरण गर्ने हुन्छ।

त्यस्तै सिंगो समाजलाई कस्तो संस्कार युक्त बनाउने। समाजलाई सबै हिसाबले संस्कारको पक्ष संस्कृतिको पक्ष, बानिब्यहोराको पक्ष, आर्थिक जीवनको पक्ष, त्सपछि मान्छेलाई उसको योग्यता क्षमता अनुसार परिचालन गर्ने पक्ष पनि छ। उसको व्यक्तित्व विकास गर्नका लागि के गर्न सकिन्छ आर्थिक समस्यालाई समाधान गर्न के गर्न सकिन्छ, सिंगो देशलाई समृद्ध बनाउन के गर्न सकिन्छ र त्यसमा पनि कस्तो किसिमको नागरिक तयार गर्ने यस अर्थमा राज्यले केही जिम्मा बोकेको हुन्छ। शिक्षाको, स्वास्थ्यको र मान्छेको जनजीविकाको र रोजगारीको यो तीनवटै दायित्व राज्यले बोक्नुपर्नेहुन्छ। त्यस्तै प्रत्येक व्यक्तिमा रहेको खुबी र अन्तरनिहित क्षमताको विकास गर्ने कुरालाई जोड दिइन्छ। 

यी सबै काम गर्नका लागि हामीले हाम्रो देशको अर्थतन्त्रलाई समाजवादको दिशामा अर्थात सामाजिक न्यायको दिशामा या वैज्ञानिक वितरण प्रणाली अवलम्बन गर्ने दिशामा अगाडि बढनुपर्दछ र समग्रतामा राष्ट्रिय पूँजीको  विकास गर्ने हो। हामी यस्ता कुनैपनि पूँजीहरु जो देशको अर्थतन्त्रलाई खाने लुटने काम गर्दछ चाहे त्यसलाई दालाल पूँजी भन्नुहोस या त्यो विदेशी पूँजीको नाउँमा नेपाललाई लुटन आउने कुराहरु जो हामी अस्वीकार गछों। तर देशको हित र कल्याणको निम्ति विदेशी पूँजीलाई पनि स्वागत गछौं। पूँजी कसैले लगाइसकेपछि मुनाफा चाहन्छ तर मुनाफाको नाउँमा लुट मच्चाउन दिने पक्षमा छैनौं।

स्वभाविक मुनफाकोबीचमा रहेको फरकलाई बुझिकन राज्यले पनि लाभ प्राप्त गर्ने र आम रुपमा जनताले लाभ प्राप्त गर्ने यो दुईवटालाई सुनश्चित गरेर देशको स्वाभिमानमा आँच नपुग्नेगरी, मर्यादामा कुनै आँच नपुग्ने गरी हामी सबैलाई उचित ढंगले सम्मान पनि गर्छौं। त्यही अनुसारको विदेश नीति पनि अवलम्बन गर्छौं। त्यो विदेश नीति नेपालको सन्दर्भमा एकदम रणनैतिक ठाउँमा छ यो नेपाल, त्यसैले नेपाल कुनैको पनि खेमामा सामेल हुँदैन्। कसैको पनि प्रभावमा परेर पक्षमा जाँदैन। कुनै एउटाको चस्माबाट अर्कोलाई हेर्दैन। एउटाको आँखाबाट अर्कोलाई हेर्दैन। नेपाललाई पनि कसैले अरुको आँखाबाट नहेरिदिउन सिधै आफ्नो आखाले नेपाललाई हेरुन। नेपालको भण्डै चार देखि पाँच हजार वर्षको पुरानो इतिहास छ, गौरवशालि इतिहास छ, कहिले पनि उपनिवेस नभएको गौरवगाथाले भरिएको यो इतिहास छ यो इतिहासको गौरव गाथालाई बोकेर लिएर जाने, अगाडि बढाएर लैजाने अभिभारा हाम्रो काँधमा आएको हुनाले कम्युनिस्ट पार्टीले बाहेक नेपालको राजनीतिमा अरु कुनैपार्टी बाट हुन्छ भन्ने मलाई विश्वास छैन्। त्यसैले कम्युनिस्ट पार्टीका हामी नेताहरु गम्भिर बनौं, जिम्मेवार बनौं र सिंगै पार्टी पङ्तिलाई प्रफुल्ल बनाएर जनताको मन पनि प्रफुल्ल हुने अवस्था सिर्जना गरेर अगाडि बढौं। 

भिडियो

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १८:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्