काठमाडौं- पछिल्लो २४ घण्टायता थप १ हजार ४५९ नयाँ संक्रमित थपिएका छन्। योसहित हालसम्म ५६ हजार ७८८ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर सक्रिय संक्रिय संक्रमितको संख्या १५ हजार ७७९ छ भने ८ हजार १३९ संस्थागत आइसोलेसनमा छन्। ७ हजार ६४० जना होम आइसोलेसनमा छन्।
आज १० हजार ३७५ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ७ हजार २५० छन्।
आज १०६२ जना निको भएर घर फर्किएका छन्। हालसम्म ४० हजार ६३८ जना निको भएका छन्। यो ७१ दशमलव ५ प्रतिशत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।