काठमाडौं- पछिल्लो २४ घन्टायता काठमाडौं उपत्यकामा ५१२ कोरोना संक्रमित थपिएका छन्। योसहित उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनालाई कोरोना संक्रमण देखिएको छ।काठमाडौंमा १० हजार २६, ललितपुरमा १ हजार १ सय ९० र भक्तपुरमा १ हजार ३१ संक्रमित पुगेका छन्।
नेपालमा आज एकैदिन १५ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
हाल १५ हजार ३९३ जना सक्रिय संक्रमित छन्। यीमध्ये होम आइसलेसनमा ८ हजार ११८ छन् भने संस्थागत आइसोलेसनमा ७ हजार २ सय ७५ जना छन्।
आज १० हजार ८७८ जनाको पिसिआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टायता नेतपालमा थप १ हजार १७० कोरोना संक्रमित पुष्टि भएका छन्। हाल ६८९२ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा ८७९ जना निको भएका छन् भने ३९ हजार ५७६ जना हालसम्म निको भइसकेका छन्। यो कुल संक्रमितको ७१.५ प्रतिशत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।