काठमाडौं- पछिल्लो २४ घण्टामा ८७९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ३९ हजार ५७६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो कुल संक्रमितको ७१.५ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ।
नेपालमा एकै दिन १५ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
हाल १५ हजार ३९३ जना सक्रिय संक्रमित छन्। यीमध्ये होम आइसलेसनमा ८ हजार ११८ छन् भने संस्थागत आइसोलेसनमा ७ हजार २ सय ७५ जना छन्।
आज १० हजार ८७८ जनाको पिसिआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टायता नेतपालमा थप १ हजार १७० कोरोना संक्रमित पुष्टि भएका छन्। हाल ६८९२ जना क्वारेन्टाइनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।