काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल १५ हजार ३९३ जना सक्रिय संक्रमित छन्। यीमध्ये होम आइसलेसनमा ८ हजार ११८ छन् भने संस्थागत आइसोलेसनमा ७ हजार २ सय ७५ जना छन्।
आज १० हजार ८७८ जनाको पिसिआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टायता नेतपालमा थप १ हजार १७० कोरोना संक्रमित पुष्टि भएका छन्। हाल ६८९२ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घणमा ८७९ जना निको भएका छन् भने ३९ हजार ५७६ जना हालसम्म निको भइसकेका छन्। यो ७१.५ प्रतिशत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।