काठमाडौं– प्रहरी कार्यालयमा प्रहरी महानिरीक्षक (आइजी) को फोटो झुण्ड्याउने परम्परा तोडिएको छ। हरेक पटक नयाँ आइजी हुँदा प्रहरी हेडक्वाटरदेखि प्रहरीका हरेक युनिटमा आइजीको फोटो झुण्ड्याउने चलन थियो।
त्यसका लागि प्रहरी प्रधान कार्यालयले फोटो साइज, अकारसहित नमूना समेत लेखेर फोटा झुण्ड्याउन भन्दै परिपत्र गर्ने गर्थ्यो। तर हालका आइजी शैलेश थापा क्षेत्रीको पालमा भने उक्त परम्परा तोडिएको हो।
यसबारे जानकारी दिँदै नेपाल प्रहरीका केन्द्रीय प्रहरी कुवेर कडायतले नेपाल लाइभसँग भने, ‘यसअघि परिपत्रै गरेर फोटा राख्न निर्देशन दिने चलन थियो। तर यो पटक फोटा राख्न भनेर निर्देशन दिइएको छैन।’
प्रहरीका युनिटहरुमा कार्यालय प्रमुखको कोठामा आइजीको फोटा झुण्ड्याउने चलन प्रहरीमा थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।