काठमाडौं- नेकपा संगठन विभागको बैठक सकिएको छ। स्थायी कमिटी बैठककको निर्णय बमोजिम साविकका एमाले माओवादी केन्द्रको सदस्यता नवीकरणको काम सुरु गर्न निर्देशन दिएको संगठन विभाग सदस्य एवं केन्द्रीय सदस्य रेखा शर्माले बताइन्।
स्थायी कमिटी बैठकले मंसिरभित्र नवीकरणको काम सक्ने निर्णय गरेपछि संगठन विभाग आफ्नो काममा तातेको हो। पार्टीमा विभागलाई पूर्णता दिनुका साथै एकताको कामलाई तकाल अघि बनाउने निर्णय भएको शर्माले बताइन्। चैत २५ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय भएपछि संगठन विभाग आफ्नो काममा लागेको हो।
नेकपा तत्कालीन एमालेको ४ लाख माओवादीको ३ लाख क्रियाशिल सदस्यता भएको नेताहरुले दाबी गर्दै आएका छन्। बैठक संगठन विभाग प्रमुख वामदेव गौतम उपप्रमुख जनार्दन शर्मा सातै प्रदेशका इन्चार्ज र सदस्यहरू गरी १५ जनाजतिको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।