काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका- ७ स्थित घुम्थाङमा गएको पहिरोबाट ३० जनाभन्दा धेरै बेपत्ता भएपछि उद्धारमा लाग्न सबैलाई आग्रह गरेका छन्।
आइतबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले यस दुःखद् क्षणमा बेपत्ताहरुको खोजी, उद्धार र राहतमा जुट्न नेता कार्यकर्तासहित राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थालाई आग्रह गरेका छन्।
अहिलेसम्म ६ जनाको शव फेला परेको छ भने अझै २४ जना बेपत्ता छन्। अविरल वर्षाका कारण १५ घर पुरिनुका साथै २ सय २२ घर उच्च जोखिमा परेका छन्। पहिरोबाट जोखिम भएका सम्भावित स्थानहरुको पहिचान गरी स्थानान्तरण गर्नुपर्ने प्रचण्डले बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।