काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको संगठन विभाग बैठक धुम्बाराहीमा जारी रहेको छ। बिहान १२ बजेदेखि सुरु भएको बैठक चलिरहेको हो।
बैठकमा संगठन विभाग प्रमुख वामदेव गौतमसहित उपप्रमुख जनार्दन शर्मा, सदस्यहरू खगराज भट्ट, रेखा शर्मा, हरि अधिकारी, मातृका यादवसहित सातै प्रदेशका इन्चार्जहरूको समेत सहभागिता छ।
यस्तै पार्टीको प्रदेश १ इन्चार्जमा भीम आचार्य, प्रदेश २ मा सत्यनारायण मण्डल, बाग्मती प्रदेश अष्टलक्ष्मी शाक्य पनि बैठकमा सहभागी छन्। यस्तै गण्डकी प्रदेशबाट मुख्यमन्त्रीसमेत रहेका पृथ्बीसुब्बा गुरुङ, प्रदेश ५ मुख्यमन्त्रीसमेत रहेका शंकर पोखरेल, कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा र सुदुरपचिम प्रदेश भीम रावल सहभागी छन्। बैठकमा जम्मा १५ जना नेताहरूको सहभागीता रहेको छ।
संगठन एकता र विभागलाई पूर्णता दिने विषयमा बैठक गरिएको एक नेताले बताए। असोज महिनाभित्र एकता टुंगो लगाउने भनिएपछि संगठन विभाग तातेको हो। यो नेकपा संगठन विभागको तेस्रो बैठक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।